birat ribon

रगतमा चिनीको मात्रा कम हुँदा खानेबित्तिकै पनि धेरै भोक लाग्ने

Neuro
रगतमा चिनीको मात्रा कम हुँदा खानेबित्तिकै पनि धेरै भोक लाग्ने

विराटनगर / रगतमा चिनीको मात्रा अत्यधिक कम हुँदा खानेबित्तिकै पनि धेरै भोक लाग्ने अध्ययनले देखाएको छ ।

दुई हप्तासम्म एक हजारभन्दा बढी मानिसमा गरिएको अध्ययनले रगतमा चिनीको मात्रा अत्यधिक कम हुदा खानेबित्तिकै धेरै भोक लाग्ने र अरू दिनको तुलनामा धेरै क्यालरीको सेवन गर्ने देखाएको हो । अध्ययनका अनुसार समान खाना खाए पनि जुन मानिसको चिनीको मात्रा छिट्टो घट्छ उक्त मानिसलाई अन्यको तुलनामा १० प्रतिशत धेरै भोक लाग्ने हुन्छ ।

cura insider

साथै, चिनीको मात्रा धेरै घट्ने मानिसले अन्यको तुलनामा अर्को खाना खाने समयभन्दा आधा घण्टा छिटो खाने गरेको पाइयो । यस्ता मानिसले तीन सय क्यालरी बढी खाने गर्छन् जसको आधारमा उनीहरूको एक वर्षमा १० केजी बढ्ने हुनसक्छ । खानुअगाडि पेटमा घेरलिन नामक हर्मोनको उत्पादनको कारण भोक लाग्ने गर्छ । तर खाएपछि, भोकको भावना हराउँछ, रगतमा चिनीको मात्रा उच्च हुन्छ र त्यसपछि चिनीको मात्रा झर्छ ।

बेलायतको लिड्स युनिभर्सिटीका एपिटाइट कन्ट्रोल एन्ड इनर्जी ब्यालेन्स रिसर्च ग्रुपमा प्रोफेसर जोन बुन्डेलका अनुसार केही खाना तथा शारीरिक कारणले रगतमा चिनीको मात्रालाई छिटो घटाउने हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: