birat ribon

‘निषेधाज्ञा खुुकुलो बनाउनुपर्छ’

Neuro
‘निषेधाज्ञा खुुकुलो बनाउनुपर्छ’

काठमाडौँ / कोरोना सङ्क्रमणको जोखिम बढेपछि काठमाडौँ उपत्यकाभित्रका तीन जिल्लामा निषेधाज्ञा लागू भएको ४३ दिन पुगेको छ । निषेधाज्ञाका कारण जनजीवन ठप्प छ ।

यसै निषेधाज्ञाका कारण कोरोना सङ्क्रमणको दरमा पनि कमी आएको छ । निषेधाज्ञाको कारण घरभित्र रहेका जनताहरूमा उकुसमुकुस हुन थालेको छ । यससँगै स्वास्थ्य सावधानीसाथ सेवा, व्यापार, जनजीवनलाई नियमित गर्नुपर्छ भन्ने आवाज पनि उठ्न थालेको छ ।

cura insider

विभिन्न क्षेत्रको पेशा, व्यवसाय गर्नेले असार १ गतेदेखि अहिले लागू भएको निषेधाज्ञालाई खुकुलो बनाउनुपर्ने बताएका छन् ।

उपत्यका नगरपालिका फोरमका अध्यक्ष तथा काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने नाकाहरूमा थप कडाइ गरेर उपत्यकाभित्रको जनजीवन सुचारु गर्नुपर्ने बताए । निषेधाज्ञालाई एकैपटक नभई चरणचरण गरेर खुकुलो बनाउँदै लैजान सकिने मेयर शाक्यले बताए ।

उपभोक्ता अधिकारकर्मी प्रेमलाल महर्जनले सवारीसाधन सञ्चालनमा रोक लगाउँदै र नाकाहरू बन्द गर्दै, स्वास्थ्य मापदण्ड पालना गराउँदै उपभोग्य वस्तुको पसल खोल्नुपर्ने बताए । लकडाउनमात्रै विकल्प नभएकाले विस्तारै लकडाउन खुकुलो बनाउनुपर्ने उनले बताए । स्वास्थ्य मापदण्ड अपनाउँदै फ्रन्टलाइनरहरूलाई काममा खटाउनुपर्ने पनि उनको भनाइ छ ।

खुद्रा व्यापार सङ्घका पूर्वअध्यक्ष पवित्रमान बज्राचार्यले असार १ गतेदेखि लकडाउन बिस्तारै खुला गर्नुपर्ने बताए । व्यापार व्यवसायमा गाह्रो परेको तथा निम्न आय भएका मानिसहरुलाई जीवन निर्वाहमा नै कठिन भएकाले सरकारले सोचविचार गरी लकडाउनलाई खुकुलो पार्नुपर्नेमा जोड दिए ।

नेपाल अटोमोबाइल्स डिलर्स एसोसियसनका अध्यक्ष कृष्णप्रसाद दुलालले असार मसान्तसम्ममा सामान्य अवस्थामा पु¥याउने गरी बिस्तारै लकडाउनलाई खोल्दै लानुपर्ने धारणा राखे । व्यवसाय बन्द गराइरहे कहिल्यै उठ्न नसक्ने भन्दै उनले आर्थिक अवस्था पनि कमजोर हुने बताए । नागरिक पनि सुरक्षित हुनका लागि आफैँमा जिम्मेवार हुनुपर्ने पनि उनको भनाइ छ ।

होटल सङ्घ नेपालका उपाध्यक्ष विनायक शाहले विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड पालना गराएर व्यवसाय सञ्चालन गर्न दिनुपर्ने बताए । सरकारका विभिन्न मन्त्रालयबीच स्पष्ट नीति र समन्वय नभएको भन्दै उनले लकडाउन कसरी खुल्ला गर्ने भन्ने सम्बन्धमा सरकारको स्पष्ट नीति आउनुपर्ने पनि बताए ।

वायु सेवा सञ्चालक सङ्घका प्रथम उपाध्यक्ष अनुज रिमालले विगतमा अन्य क्षेत्रको भन्दा वायु सेवामा जनस्वास्थ्यको मापदण्ड कडाइका साथ पालना गरिएको र आगामी दिनमा पनि कडाइका साथ पालना गरिने भन्दै अर्थतन्त्रलाई चलायमान बनाउनका लागि वायु सेवालाई सञ्चालन गरिनुपर्ने बताए ।

पर्यटन व्यवसायी सुदर्शन नेपालले पर्यटन क्षेत्रका व्यवसायी र मजदुरले कोरोनाविरुद्धको दुवै मात्रा खोप पाइसकेको अवस्था रहेकाले जनस्वास्थ्यको मापदण्ड पालना गराउँदै यस व्यवसायलाई सञ्चालन गर्न दिइनुपर्ने बताए । पर्यटन व्यवसायलाई चलायमान बनाउन लकडाउन खुकुलो बनाउँदै लानुपर्ने उनको भनाइ छ ।

पर्यटन क्षेत्रलाई सुचारु गर्नका लागि व्यवसायीहरू मनोवल उच्च पारेर तयारी अवस्थामा रहेको पनि पर्यटन व्यवसायी नेपालले बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: