birat ribon

इन्टर मियामीले भन्यो : मेस्सीले हाम्रो जर्सी लगाउने छन्

Neuro
इन्टर मियामीले भन्यो : मेस्सीले हाम्रो जर्सी लगाउने छन्

विराटनगर / अमेरिकन मेजर लिग सकर (एमएलएस) क्लब एक दिन अवश्य पनि अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सी इन्टर मियामीमा अनुबन्ध हुने जनाएको छ । मियामीका मालिकमध्येका एक जर्ज मासले बार्सिलोनाका स्ट्राइकर मेस्सी अनुबन्ध गर्न आफूहरू सफल हुने बताएका हुन् ।

सर्वाधिक धेरै ६ पटकका बालोन डी‘ओर विजेता मेस्सी र बार्सिलोनाबीचको सम्झौता सकिन मात्र तीन साता बाँकी छ । लामो समययता स्पेनमा खेल्दैआएका उनले पुनः एक पटक सम्झौता थप्ने आँकलन गरिएको छ ।

cura insider

यस्तैमा, डेभिड बेकह्यामको क्लब मियामीले सन्यासअघि नै मेस्सीलाई अनुबन्धित गर्ने अपेक्षामा छ । ‘डेभिड र मैले साँच्चै नै कठिन काम गरिरहेका छौँ’, मासले मियामी हेराल्डसँगको कुराकानीमा भनेका छन्, ‘हामीले विश्वका उत्कृष्ट खेलाडीलाई किनेर यहाँ ल्याउने सोच बनाएका छौँ र त्यसमध्येका एक मेस्सी पनि हुन् ।’

‘मेस्सी यस युगका उत्कृष्ट खेलाडी हुन्, सर्वकालीन उत्कृष्ट खेलाडी पनि’, उनले थपे, ‘मेस्सीले इन्टर मियामीको जर्सी लगाएर खेल्नेमा म आशावादी छु । मियामीको लक्ष्य भनेकै उत्कृष्ट खेलाडी समेटेर विश्वस्तरीय टिम बनाउनु हो र हामी चाँडै नै यो लक्ष्य पूरा गर्नेछौँ ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: