birat ribon

फालाफल मन्त्री, गजब तमासा !

Neuro
फालाफल मन्त्री, गजब तमासा !

अरे यार अहिले छ भनिएको लोकतन्त्र र सङ्घीय शासनले अर्थोक केही नदिए पनि मन्त्री पद चाहिँ छ्यालब्याल हुने गरी बाँडेको छ । कन्टिर–बाबू भन्छन्– ठौर न ठिकान, मन्त्री भने बनाम् ।

केही एघार दिने मन्त्री, कोही तीन महिने मन्त्री, केही ६ महिने मन्त्री । कोही प्रदेशका मन्त्री, कोही केन्द्रका मन्त्री । एक दिन अघिसम्म थाहा-सुद्धि केही छैन, भोलिपल्ट फ्याट्ट मन्त्रीको सपथग्रहण ।

cura insider

अरे जो पनि मन्त्री ! के व्यापारी, के व्यवसायी । छटियल गुन्डा, सजाय भोगिरहेका अपराधी, प्रहरीको फरार सूचीमा रहेका अभियुक्त, कमिसनका सेटिङदार, पिपिएलएल (पढी पत्थर लिखी लोढा), सब मन्त्री । घरवाला नेता आ घरवाली मन्त्री । छोरा नगरपालिकामा आ बुबा मन्त्रालयमा । एक भाइ पार्टीको नेता आ अर्काे भाइ मन्त्रालयमा मन्त्री । अरे बाबा सब मन्त्री !

जे होस्, यो पटक प्रदेश र सङ्घीय संसदका कुनै पनि सदस्य मन्त्री बन्नबाट छुट्ने भएनन् । यस्तोमा कसले भन्छ, कसले आलोचना गर्छ ? सरकार गठन र पुनर्गठनमा समावेशी अवधारणा लागू भएन भनेर !

अजब नेपाल गजब तमासा भन्थे बुजुर्गहरू, यही हो सायद । मानौँ मन्त्री कुनै गरिमामय पद नभएर, आलसबारीबाट सित्तैँमा टिपेर ल्याई ढकियामा राखेको बथुवा साग भइगयो ।

यस्तोमा लु, तपाई पनि चुरे तथा खानी संरक्षण मन्त्रीको सपथ लिनु आउनुहोला भनेर बालुवाटार वा शीतल निवास स्रोतले कन्टिर–बाबूलाई पनि फोन नगर्लान् भन्न सकिन्न । तर त्यस्तो गम्भीर गल्तीचाहिँ नगर्नुहोला, कन्टिर–बाबूको आग्रह छ ।

जे होस्, यो पटक प्रदेश र सङ्घीय संसदका कुनै पनि सदस्य मन्त्री बन्नबाट छुट्ने भएनन् । यस्तोमा कसले भन्छ, कसले आलोचना गर्छ ? सरकार गठन र पुनर्गठनमा समावेशी अवधारणा लागू भएन भनेर ! त्यसैले मौकामा लौक टिप्न मन्त्री भएका मित्र–मित्राणीहरूलाई शुभकामना छ ! मन्त्री बनते रहो, खाते–पिते रहो, मोज करो !

खयर, यसमा कन्टिर–बाबूलाई केही भन्नुछैन । जसलाई यस्ता कुराको मतलब हुनुपर्ने हो, उसलाई केही मतलब छैन भने कन्टिर–बाबूले चाहिँ किन मतलब राख्नुपर्ने ?

तर कन्टिर–बाबू त सुरुदेखि नै लोकतन्त्र, सङ्घीयता र सुशासनका जब्बर पक्षपाती हुन् । यस्तोमा कन्टिर–बाबूले नबोले कसले बोल्ने ?

jackson ribon

प्रतिक्रिया दिनुहोस्: