birat ribon

कोपा अमेरिका खेल्ने ब्राजिलको टोली घोषणा

Neuro
कोपा अमेरिका खेल्ने ब्राजिलको टोली घोषणा

विराटनगर / साविकको विजेता ब्राजिलले दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिका खेल्ने टोलीको घोषणा गरेको छ । घरेलु मैदानमा हुने प्रतियोगिताका लागि मुख्य प्रशिक्षक टिटेले २४ सदस्यीय टोली घोषणा गरेका हुन् ।

विश्वकै पुरानो फुटबल प्रतियोगिता कोपा अमेरिका जुन १३ देखि जुलाई १० सम्म हुने तालिका रहेको छ । उद्घाटन खेलमा ब्राजिल र भेनेजुएलाबीच प्रतिस्पर्धा हुने तय छ । १३ जुनमा हुने प्रतियोगिताको उद्घाटन खेल ब्राजिलिया स्टेडियममा हुनेछ । ब्राजिलियन टोलीको गोलकिपरमा एलिसन, एडरसन, वेभेरटन छानिएका छन् ।

cura insider

डिफेन्डरमा एलेक्स सान्ड्रो, डानिलो, एमरसन, रेनान लोडी, एडर मिलिटाओ, फेलिपे, मार्कुइन्होस, थियागो सिल्भा रहेका छन् भने मिडफिल्डरमा कासेमिरो, डुगलास लुइस, एभरटन रिबेइरो, फाबिन्हो, फ्रेड, लुकास पाक्वेटा टोलीमा समेटिएका छन् ।

यस्तै, फरवार्डमा नेयमार जुनियरसहित एभरटन, गाब्रीएल बारबोसा, गाब्रीएल जेसस, रिचार्लिसन, रोवर्टो फिर्मिनो, भिनिसियस जुनियर टोलीमा अटाएका छन् ।

४७औँ संस्करणको कोपा अमेरिका ब्राजिलमा हुँदै छ । अर्जेन्टिना र कोलम्बियामा संयुक्त रूपमा आयोजना हुने तय भएपनि कोलम्बियाले राजनैतिक अस्थिरताका कारण देखाउँदै र अर्जेन्टिनाले कोरोना भाइरसको महामारीको कारण देखाउँदै कोपा अमेरिका आयोजना नगर्ने जनाएको थियो ।

ब्राजिलको रियो द जेनेरियो, ब्राजिलिया, माटो ग्रोस्सो र गोयास गरी चार रङ्गशालामा कोपा अमेरिका आयोजना हुने बताइएको छ । अघिल्लो संस्करको कोपा अमेरिका ब्राजिलमै भएको थियो । जसको उपाधि ब्राजिलले नै उचालेको थियो ।

सन् २०२० मै आयोजना हुनुपर्ने कोपा अमेरिका फुटबल कोरोना महामारीका कारण एक वर्ष पछि धकेलिएको हो । दुई समूहमा विभाजन गरिएको प्रतियोगिताका समूह ‘ए’मा अर्जेन्टिना, चिली, बोलिभिया, पराग्वे र उरुग्वे रहेका छन् । समूह ‘बी’ मा ब्राजिल, भेनेजुयला, कोलम्बिया, इक्वेडर र पेरु छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: