birat ribon

मुख्यमन्त्री गुरुङले मागे विश्वासकाे मत

Neuro
मुख्यमन्त्री गुरुङले मागे विश्वासकाे मत

पाेखरा/ गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत मागेका छन् ।

बिहीबार बसेकाे प्रदेशसभाको बैठक सुरु हुनसाथ सम्बाेधन गर्दै उनले विश्वासको मत मागेका हुन् ।

cura insider

उनले आग्रह-पूर्वाग्रहले गण्डकी प्रदेशमा पनि नयाँ परिस्थिति सिर्जना भएको तर जनताको म्यान्डेटअनुसार सरकार चलाउन विश्वासको मत दिन आग्रह गरे । 

`नेपालको राजनीतिक विकासको अस्थिर इतिहास नदोहोरियिस्, आग्रह पूर्वाग्रहले गण्डकी प्रदेशमा पनि नयाँ परिस्थिति सिर्जना भएको छ,´ उनले भने । 

आफूविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि मतदान हुनुभन्दा एक दिनअघि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश सभामा ठूलो दलको नेताको हैसियतले गुरुङले वैशाख २९ मा मुख्यमन्त्रीको शपथ लिएका थिए।

संवैधानिक व्यवस्था अनुसार उनले जेठ २९ गतेभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: