birat ribon

कफी पिउनाले प्रोस्टेट क्यान्सरको जोखिम कम हुने

Neuro
कफी पिउनाले प्रोस्टेट क्यान्सरको जोखिम कम हुने

विराटनगर / कफी पिउनाले प्रोस्टेट क्यान्सरको जोखिम कम हुने अध्ययनले देखाएको छ । चीनको मेडिकल विश्वविद्यालयको अध्ययनअनुसार कफी पिउनाले प्रोस्टेट क्यान्सरको जोखिम १० प्रतिशतले कम हुनसक्छ ।

क्यान्सरविरूद्ध लड्दै गरेका बिरामीले कफी पिएमा रोगबाट निको हुने रिकभरी दर १६ प्रतिशतसम्म बढ्ने चिनियाँ अन्वेषकको भनाइ छ । ब्रिटिस मेडिकल जर्नलमा प्रकाशित अध्ययनका लागि कम वा धेरै कफीको सेवन गर्ने मानिसमा प्रोस्टेट क्यान्सर हुनसक्ने जोखिमको बारेमा बुझ्न कोसिस गरिएको थियो ।

cura insider

यसका लागि दैनिक एक, दुई कप वा सोभन्दा धेरै कफी पिउने मानिसलाई अध्ययनमा सहभागी गरिएको थियो । योसँगै ५७ हजार सात सय ३२ जना प्रोस्टेट क्यान्सरका बिरामीको डाटा विश्लेषण गरिएको थियो । अन्वेषक डा. वेङ कफीले रगतमा चिनीको स्तरमा सुधार ल्याउने बताउँछन् । कफीले सुन्निनेसम्बन्धी समस्यालाई रोक्न मद्दत गर्छ ।

साथै, यसमा हुने एन्टिअक्सिडेन्टले शरीरमा क्यान्सर निम्त्याउने फ्रि रेडिकलको गठनलाई रोक्छ । प्रोस्टेट ग्रन्थी कोषहरूमा बन्ने क्यान्सर विस्तारै बढ्ने हुँदा प्रारम्भिक चरणमा धेरै बिरामीले कुनै लक्षण देखाउँदैनन् । यसअघिका अनुसन्धानले कफीको सेवनले कलेजो, स्तन र कोलन क्यान्सरको जोखिमलाई कम गर्न सक्ने प्रमाणित गरिसकेको छ ।

आहार विशेषज्ञ सुरभी पारिकका अनुसार एक दिनमा एक कप कफी पिउनु उचित हुन्छ । योभन्दा बढी लिएको खण्डमा शरीरमा क्याफिनको मात्रा बढ्न सक्ने उनको भनाइ छ । एक दिनमा तीन सयदेखि चार सय मिलिग्राम क्याफिनभन्दा धेरै लिनु हुँदैन । (भास्कर डट कम)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: