birat ribon

मन्त्रिपरिषद् विस्तार गर्दै ओली : गृहमा खगराज, बादलकी श्रीमती सञ्चारमन्त्री

Neuro
मन्त्रिपरिषद् विस्तार गर्दै ओली : गृहमा खगराज, बादलकी श्रीमती सञ्चारमन्त्री

काठमाडाैँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् ।

यसअघि जसपाका १० जनालाई मन्त्री बनाएका ओलीले खाली रहेका मन्त्रालयमा आज सात मन्त्री र दुई राज्यमन्त्री नियुक्त गर्न लागेकाे बालुवाटार स्राेतले जनाएकाे छ ।

cura insider

स्राेतका अनुसार खाली रहेका गृह, सञ्चार, कृषि, उद्योग, सामान्य प्रशासन मन्त्रालयमा नयाँ मन्त्री नियुक्त हुन लागेका हुन् ।

रामबाहदुर थापालाई हटाएपछि गृहमा ओलीले खगराज अधिकारीलाई नियुक्त गर्ने भएका छन् । बादल मन्त्रिपरिषद्बाट बाहिरिए पनि उनकी श्रीमती नैनकला थापा भने मन्त्री बन्ने भएकी छिन् । उनलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकाे जिम्मेवारी दिने तयारी भएकाे बताइएकाे छ ।

यसैगरी ज्वालाकुमारी साह कृषि, नारदमुनी राना वन, मोहन बाँनिया बिना विभागीय, राजकिशोर यादव उद्योग मन्त्री बन्ने भएका छन् ।

यसैगरी खनाल–नेपाल समूह छोडेर ओली पक्षमा लागेका सिन्धुलीका गणेश पहाडी पनि मन्त्री बन्ने भएका छन् । उनलाई सामान्य प्रशासनमन्त्री बनाउने तयारी छ । यसैगरी आशा बिक वन राज्यमन्त्रीमा नियुक्त हुने भएकी छिन् ।

नयाँ मन्त्रीहरूकाे शपथ आजै अपराह्न ४ बजे हुने स्राेतले जनाएकाे छ ।  

jackson ribon

प्रतिक्रिया दिनुहोस्: