birat ribon

नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा छैनन् : पौडेल

Neuro
नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा छैनन् : पौडेल

काठमाडौँ / नेपाल सरकारका उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले माधव नेपाल, झलनाथ खनाल समूहले पठाएको पत्र अत्यन्त गम्भीर प्रकृतिको रहेको बताएका छन् ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले उदार र खुला विचारका साथ गरेको आव्हानलाई यसरी अस्वीकार गर्नु भनेको नेपाल–खनाल समूह पार्टी एकताको पक्षमा नरहेको बुझ्न बाध्य बनाएको बताए । अर्थमन्त्री पौडेलले आफ्नो पार्टीको प्रधानमन्त्री हटाएर विपक्षी दलको व्यक्तिलाई प्रधानमन्त्री बनाउने खेल सफल नहुने बताए ।

cura insider

पार्टीका आम कार्यकर्ता एकताको पक्षमा रहेको अवस्थामा नेपाल–खनाल पक्ष कुनै पनि हालतमा विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन लाग्नु, आफ्नो अडानबाट पछि हट्न नखोज्नु, पार्टी एकताका लागि घातक भएको बताए ।

यसरी घातक खेलमा लागेका व्यक्तिहरू अलग हुनसक्ने तर पार्टी विभाजन हुन नसक्ने स्पष्ट पारे । संस्थापन पक्षले पार्टी एकताका लागि अन्तिमसम्म कोसिस गर्ने बताए । पार्टीका नेता, कार्यकर्ता अहिले पनि एकताको पक्षमा रहेकाले विभाजनमा जाने नेताहरूलाई कसैले साथ नदिने तर्क उनको थियो ।

आफूहरूले विभाजन गर्ने गलत कामलाई सम्पूर्ण रूपमा असफल बनाउने पनि अर्थमन्त्री पौडेलले बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: