birat ribon

भारतमा ५६ हात्तीको कोभिड परीक्षण

Neuro
भारतमा ५६ हात्तीको कोभिड परीक्षण

विराटनगर / भारतमा ५६ वटा हात्तीको कोरोना भाइरसको परीक्षण गरिएको छ ।

तमिलनाडुको मुडुमालै टाइगर रिसोर्टमा रहेका २६ वटा व्यस्यक हात्ती र दुई छावाको कोरोना भाइरसको परीक्षण गरिएको हो । ३ जुनमा भान्दालुर चिडियाखानामा नौ सिंहमा भाइरसको सङ्क्रमण पुष्टि भएको र एकको सङ्क्रमणका कारण मृत्यु भएपछि हात्तीहरूको कोरोना परीक्षण गरिएको हो ।

cura insider

त्यस्तै, वन विभागले कोइम्बटोरको अनामलाई टाइगर रिसोर्टबाट पनि २८ हात्तीबाट सुड र रेक्टल स्वाब लिइएको छ । मुडुमालै टाइगर रिसोर्टका वन पशु चिकित्सक डा. के राजेश कुमारले भनेका अनुसार यो एक स्क्रिनिङ प्रक्रिया हो र कुनै पनि हात्तीमा भाइरस भएको शङ्का गरिएको छैन । हात्तीमा हर्पेस तथा क्षयरोगको परीक्षणका लागि सुडबाट नमुना सङ्कलन गरिएको हो ।

परीक्षणका लागि निकालिएको स्वाब उत्तर प्रदेशको भारतीय भेटेनरी अनुसन्धान संस्थामा पठाइएको छ । परीक्षणको नतिजा केही दिनमा आउने अपेक्षा गरिएको छ । अधिकारीका अनुसार विश्वव्यापी हेर्दा अहिलेसम्म हात्तीहरू सङ्क्रमित हुने सम्भावना देखिएको छैन । तर, सावधानीका रूपमा उनीहरूको स्क्रिनिङ गरिएको हो । (द हिन्दु)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: