birat ribon

क्यान्सरका बिरामी कोभिडबाट मृत्यु हुने सम्भावना बढी

Neuro
क्यान्सरका बिरामी कोभिडबाट मृत्यु हुने सम्भावना बढी

विराटनगर / कहिले क्यान्सर नभएका तथा क्यान्सर निको भइसकेका मानिसको तुलनामा सक्रिय क्यान्सरका बिरामीहरू कोभिड १९बाट मृत्यु हुने सम्भावना बढी हुने अध्ययनले देखाएको छ ।

न्यू योर्क विश्वविद्यालयका अन्वेषकले स्कुल्स ल्याङ्गोन मेडिकल सेन्टरबाट क्यान्सर भएका वा क्यान्सरबाट निको भएकामा कोरोना भाइरसको नतिजा समीक्षा गर्न मेडिकल रेकर्डको अध्ययन गरेका थिए । कुनै प्रकारको ट्युमर भएका मानिसमा भाइरसबाट मृत्यु हुने सम्भावना ७० प्रतिशत बढी हुने अध्ययनको क्रममा पत्ता लागेको थियो ।

cura insider

रगतसँग सम्बन्धित वा हेमेटोलोगिक क्यान्सर भएका मानिसमा भाइरसबाट मृत्यु हुने बढी सम्भावना थियो । क्यान्सरबाट निको भएका मानिसमा भने भाइरसबाट मृत्यु हुने सम्भावना त्यति थिएन । क्यान्सर जर्नलमा प्रकाशित अध्ययनका लागि टोलीले अस्पताल भर्ना भएका ४२ सयको विश्लेषण गरेका थिए । अस्पताल भर्ना भएकामध्ये दुई सय ३३ जना सक्रिय क्यान्सरका बिरामी थिए ।

अध्ययनका सह–लेखक र ल्याङ्गोन मेडिकल सेन्टरका आन्कोलोजिस्ट डा. डेनियल बेकरका अनुसार क्यान्सरको इतिहास भएका मानिसभन्दा पनि सक्रिय क्यान्सरका बिरामी भाइरसका कारण मर्ने सम्भावना बढी भएको अध्ययनबाट पत्ता लागेको छ । अध्ययनका अनुसार सक्रिय क्यान्सरका बिरामी सामान्य व्यक्तिको तुलनामा भाइरसबाट मृत्यु हुने सम्भावना ७० प्रतिशत बढी हुन्छ ।

त्यस्तै, क्यान्सरको इतिहास भएकामा भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने सम्भावना २८ प्रतिशत र क्यान्सरको इतिहास नभएकामा २० प्रतिशत रहेको अध्ययनमा उल्लेख गरिएको छ । (डेली मेल)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: