birat ribon

पश्चिमी क्षेत्रमा चार सय २९ गैँडा, पूर्वतिर दुई सय ६५

Neuro
पश्चिमी क्षेत्रमा चार सय २९ गैँडा, पूर्वतिर दुई सय ६५

चितवन / गैँडा गणनाका क्रममा चितवन राष्ट्रिय निकुञ्जमा पश्चिमतर्फ गैँडाको सङ्ख्या धेरै रहेको पाइएको छ ।

राष्ट्रिय गैँडा गणनाको तथ्याङ्कअनुसार निकुञ्जको मुख्य कार्यालय कसरादेखि पश्चिमतर्फ चार सय २९ गैँडा भेटिएका हुन् । पूर्वतर्फ यो सङ्ख्या दुई सय ६५ मात्रै रहेको छ ।

cura insider

हालै सम्पन्न गैँडा गणनाका क्रममा निकुञ्ज र वरपरका क्षेत्रलाई १८ भागमा विभाजन गरिएको थियो ।

निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार मुख्य कार्यालय कसराबाट पश्चिमतर्फ पर्ने सुखीभार क्षेत्रमा सबैभन्दा बढी एक सय ५४ वटा गैँडा भेटिएका छन् । यो क्षेत्र कसरासँगै जोडिएको क्षेत्र हो । यसलाई मध्यभाग मान्दा पूर्व र पश्चिम उस्तैउस्तै सङ्ख्यामा रहेका छन् । पूर्वमा दुई सय ६५ र पश्चिममा दुई सय ७५ रहेका छन् ।

यस वर्षको गणनामा निकुञ्जमा छ सय ९४ गैँडा भेटिएका थिए । पूर्वमा सौराहा वरपरका क्षेत्रमा गैँडाको राम्रो बसोबास रहेको पाइएको छ । यहाँ ९५ वटा गैँडा रहेका छन् । निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा ती गैँडा गणनाका क्रममा भेटिएका हुन् । त्यसैगरी सोही क्षेत्रको नजिक बहपुर खोला वरपर ६३ वटा गैँडा भेटिएको तथ्याङ्कमा उल्लेख छ ।

सबैभन्दा कम मकवानपुर जिल्लाको प्रतापपुर क्षेत्रमा एउटा मात्रै गैँडा भेटिएको अधिकारीले जानकारी दिए । त्यस्तै त्रिवेणीको कानामाना क्षेत्रमा तीनवटा मात्रै गैँडा भेटिएका छन् ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले घाँसे मैदान र पानीको स्रोतहरू पूर्वमा बढी व्यवस्थित भए पनि पश्चिममा गैँडाको सङ्ख्या बढी भएको बताए । भारततर्फ जानसक्ने टेम्पल टाइगर, भेलौजी, सेरी, धजाहा, बगुवनलगायतका क्षेत्रमा सयभन्दा बढी गैँडा रहेको तथ्याङ्कमा देखिएको छ । ती क्षेत्रमा धेरै गैँडा हुनु जोखिमपूर्ण रहेको बरालको भनाइ छ ।

त्यहाँबाट भारततर्फ गैँडा जानसक्ने भएकाले ती गैँडालाई आन्तरिक स्थानान्तरण गरी पूर्व क्षेत्रमा लैजानुपर्ने बरालले बताए । गणनाअघि नै निकुञ्जका अधिकारीहरुले पश्चिम क्षेत्रका गैँडालाई पूर्वमा ल्याउनुपर्ने बताउँदै आएका थिए ।

केही वर्षअघि राप्ती र नारायणीमा आएको ठूलो बाढीले धेरै गैँडा बगाएर भारत पु¥याएको थियो । केहीलाई उद्धार गरी ल्याइएको भए पनि अझै केही भारतीय क्षेत्रमा रहेको अनुमान छ । गणनाका क्रममा चार सय ७४ वटा वयस्क, ९५ अर्धवयस्क र एक सय २५ बच्चा गैँडा भेटिएका थिए । रासस

jackson ribon

प्रतिक्रिया दिनुहोस्: