birat ribon

कोरोनाविरुद्धको फाइजर खोपको ५० करोड मात्रा विश्वका ९२ मुलुकलाई बाँड्दै अमेरिका

Neuro
कोरोनाविरुद्धको फाइजर खोपको ५० करोड मात्रा विश्वका ९२ मुलुकलाई बाँड्दै अमेरिका

विराटनगर / कोरोना भाइरस महामारीका कारण विश्वमा सबैभन्दा बढी प्रभावित बनेको मुलुक अमेरिकाले फाइजर खोपको ५० करोड मात्रा विभिन्न देशलाई सहयोग गर्ने भएको छ ।

विश्वकै महाशक्ति राष्ट्रमध्ये पहिलो नम्बरमा रहेको अमेरिकाले विभिन्न ९२ मुलुकमा कोरोनाविरुद्धको फाइजर खोप वितरण गर्न लागेको हो । अमेरिकाले विश्वभरका ९२ मुलुकलाई ५० करोड मात्रा खोप उपलब्ध गराउने भएपछि विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी नियन्त्रणमा केही राहत र सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

cura insider

अमेरिकाले खोप आफै किनेर वितरण गर्न लागेको हो । राष्ट्रपति जो बाइडेन प्रशासनले कोरोना भाइरसविरुद्धको फाइजर खोपको ५० करोड मात्रा अबको दुई वर्षभित्र विश्वका विभिन्न देशलाई उपलब्ध गराउने तयारी गरेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

त्यसमध्ये यो वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ । बाँकी मात्रा सन् २०२२ मा वितरणको तयारी अमेरिकाले गरेको हो । विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पर्दै आइरहेको छ । तर कोरोनाका कारण अमेरिका आफै विश्वकै सबैभन्दा बढी बनेको मुलुक हो ।

बाइडेन सत्तामा आएपछिको आफ्नो पहिलो विदेश भ्रमणको क्रममा बेलायत अवतरण भएपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारीबारे जानकारी भएको हो । विश्वभर ५० करोड मात्रा खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी दिन भने बाँकी छ ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले विश्वका कम आय भएका ९२ देशलाई खोप वितरण गर्ने तयारी गरेको हो । बाइडेन बुधबार बेलुका भ्रमणका लागि बेलायत पुगेका छन् । उनले आरएएफ मिल्डेनहलमा रहेको एअरबेसमा अमेरिकी सैनिकलाई सम्बोधन गरेका छन् ।

उनले आफ्ना सहयोगी देशहरुलाई धन्यावाद दिँदै अमेरिका फेरि विश्व नेतृत्वमा फर्किएको पनि बताएका छन् । अमेरिकी राष्ट्रपति बाइडेन र बेलायती प्रधानमन्त्री बोरिस जोन्सनबीच बिहीबार भेटवार्ता हुनेछ । बाइडेन विकसित देशहरुको समूह जी सेभेनको सम्मेनलका लागि इंग्ल्याण्ड पुगेका हुन् । जी सेभेनमा अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायतसहित युरोपियन युनियन छन् ।

अमेरिकामा हालसम्म कोरोना सङ्क्रमितको सङ्ख्या तीन करोड ४२ लाख ६३ हजार एक सय ३८ भन्दा बढी पुगेको छ । कोरोनाका कारण अहिलेसम्म मृत्यु हुने अमेरिकी नागरिकको सङ्ख्या छ लाख १३ हजार चार सय ६५ भन्दा धेरै छ । अमेरिकामा सङ्क्रमित हुने र कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या विश्वका अन्य मुलुकको भन्दा अत्याधिक धेरै हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: