birat ribon

खण्डग्रास सूर्यग्रहण आज

Neuro
खण्डग्रास सूर्यग्रहण आज

विराटनगर / यो वर्षको पहिलो खण्डग्रास सूर्यग्रहण आज (बिहीबार) लाग्दैछ ।

नेपाली समय अनुसार दिउँसो १ बजेर ५७ मिनेटदेखि साँझ ६ बजेर ५६ मिनेटसम्म यो ग्रहण लाग्दै छ । तर नेपालमा भने यसको कुनै प्रभाव नपर्ने जानकारी पञ्चांग निर्णायक समितिका सचिव सूर्यप्रसाद ढुङ्गेलले दिएका छन् । उनका अनुसार जेठ महिनाको अमावश्यमा लाग्ने सूर्यग्रहण नेपालमा नदेखिने भएकोले यसलाई बार्नुपर्ने कुनै आवश्यकता छैन ।

cura insider

विशेष गरेर सुदूरपूर्वी एवं उत्तर अमेरिका, मगोलिया, चीन, नर्वे, ग्रीनल्याण्ड, युके, युरोप र प्यासिफिक क्षेत्रबाट देखिने सूर्यग्रहण देख्न सकिन्छ । ग्रहणको समयमा सूर्यमा देखिने कुण्डलाकार आकृतिलाई पश्चिमाहरुले रिङ अफ फायर भन्ने गर्छन् ।

सूर्य, चन्द्रमा र पृथ्वी सीधा रेखामा आउँदा कुण्डलाकार सौर्यग्रहण लाग्छ । सामान्यतया यो ग्रहण सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आएको कारणले लाग्ने खगोलविद्हरुको भनाइ छ । उनीहरुका अनुसार यो ग्रहण लाग्दा केही समयका लागि खास क्षेत्रमा अन्धकार पनि हुने छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: