birat ribon

दीपक मनाङेले छाडे सत्ता पक्षको साथ

Neuro
दीपक मनाङेले छाडे सत्ता पक्षको साथ

विराटनगर / गुण्डा नाइकेको छवि बनाउँदै गण्डकी प्रदेशमा मन्त्री बनेका प्रदेश सांसद दीपक मनाङे उर्फ राजीव गुरुङले सत्ता पक्षको साथ छाडेका छन् ।

उनलाई गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले वैशाख १६ गते युवा तथा खेलकुद मन्त्री बनाएका थिए । अविश्वासको प्रस्तावमा मतदानको तयारी हुँदै गर्दा सम्पर्कविहीन भएको भोलिपल्ट मुख्यमन्त्री गुरुङले मनाङेलाई मन्त्री बनाएका थिए । तर उनै मुख्यमन्त्रीले विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ मनाङेले सत्ता पक्षको साथ छाडेका हुन् ।

cura insider

उनले सत्ता पक्षलाई साथ नदिएपछि गण्डकी प्रदेशमा नेपाली काङ्ग्रेस संसदीय दलका नेता कृष्णचन्द्र पोखरेलको पक्षमा बहुमत पुग्ने अवस्था बनेको छ ।

३० दिनभित्र विश्वासको मत लिनैपर्ने बाध्यताका कारण मुख्यमन्त्रीले आज (बिहीबार) गण्डकी प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनुभन्दा अघिल्लो साँझ उनलाई साथ दिने योजनामा रहेका मनाङेले अब सत्ता पक्षलाई सहयोग गर्न नसक्ने स्पष्ट पारिदिए ।

मुख्यमन्त्री गुरुङको पक्षमा बहुमत देखिएको छैन । तर राष्ट्रिय जनमोर्चाले पदमुक्त गरेका कृष्ण थापालाई सर्वोच्च अदालतले पुनर्वहाली गरेपछि विपक्षीको पनि बहुमत नपुग्ने देखिन्छ ।

बुधबारसाँझ बोलाइएको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित भएका मन्त्री मनाङे उनी विपक्षी गठबन्धनतिर लागेको पाइएको छ । मुख्यमन्त्री गुरुङलाई साथ दिँदा प्रदेशसभा विघटन हुनसक्ने भएकाले विघटन रोक्न विपक्षी गठबन्धनको पक्षमा उभिएको मन्त्री मनाङेले स्पष्ट पारेका छन् ।

सरकार जोगाउनकै लागि मुख्यमन्त्रीले आफूलाई मन्त्री बनाएको, तर सरकार ढल्नेमात्रै होइन, प्रदेशसभा नै विघटन हुने अवस्था आएपछि आफूले साथ छोड्ने निर्णय गरेको मनाङेको दाबी छ ।

सांसद सङ्ख्या ३१ पुर्‍याएर आउनेले आफ्नो साथ पाउने मन्त्री मनाङेको भनाइ छ ।

गण्डकी प्रदेशमा सत्तारुढ एमालेका २७, काङ्ग्रेसका १५, नेकपा (माओवादी केन्द्र)का ११ (सभामुखबाहेक), जनता समाजवादीका दुई र राष्ट्रिय जनमोर्चाका दुई सांसद छन् । एमालेबाहेकका ३० सांसद कृष्णचन्द्र नेपालीलाई मुख्यमन्त्री बनाउनुपर्ने पक्षमा छन् । जनमोर्चाका कृष्ण थापाले तटस्थ बस्ने प्रतिक्रिया दिएका छन् । ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ मत आवश्यक पर्छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: