birat ribon

यसकारण देखिँदैन काेराेना सङ्क्रमितमा लक्षण

Neuro
यसकारण देखिँदैन काेराेना सङ्क्रमितमा लक्षण

एजेन्सी/ अधिकांश मानिस कोरोना भाइरसबाट सङ्क्रमित भए पनि उनीहरूमा सङ्क्रमणको कुनै लक्षण देखिँदैन ।

सङ्क्रमणको कुनै लक्षण नदेखिएका बिरामीहरूलाई असिम्प्टोमेटिक भनिन्छ । बेलायतको न्यु क्यासल युनिभर्सिटीका वैज्ञानिकहरूले सङ्क्रमित बिरामीहरूमा लक्षणहरू नदेखिने कारण पत्ता लगाएका छन् ।

cura insider

एचएलए-डिआरबी १*०४ः०१ नामक जिनका कारण मानिसहरू सङ्क्रमित भए पनि उनीहरूमा लक्षण देखिँदैन ।

अध्ययनका अनुसार असिम्प्टोमेटिक रहेका बिरामीमा उक्त जिन तीन गुणा बढी हुन्छ । सङ्क्रमित भएपछि यस विशेष प्रकारको जिनले बिरामीहरूलाई सुरक्षित राखी उनीहरूको अवस्था बिग्रनबाट रोक्न मद्दत गर्छ ।

एचएलए जर्नलमा प्रकाशित गरिएको अनुसन्धानमा जिन र सङ्क्रमितको अवस्था थाहा पाउन वैज्ञानिकहरूले लक्षण नभएका असिम्प्टोमेटिक सङ्क्रमित र अधिक गम्भीर अवस्थाको बिरामीहरूको तुलना गरेर जाँच गरिएको थियो ।

एचएलए-डिआरबी१*०४ः०१ जिन भएका सङ्क्रमित धेरैजसो मानिस असिम्प्टोमेटिक हुन्छन् । असिम्प्टोमेटिक भए पनि उनीहरूले अरूमा रोग फैलाउने जोखिम भने उस्तै रहेको अध्ययनमा उल्लेख गरिएको छ ।

उक्त अनुसन्धानमा संलग्न वैज्ञानिक डा. कार्लोस इचेभेरिया मानिसहरूमा जिनको परीक्षण गरेर भविष्यमा कसलाई थप खोपको आवश्यकता छ भनेर पनि थाहा पाउन सकिने बताउँछन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: