birat ribon

कान नसुन्ने, रगत जम्ने, छाला कुहिने डेल्टा भेरियन्टका नयाँ लक्षण

Neuro
कान नसुन्ने, रगत जम्ने, छाला कुहिने डेल्टा भेरियन्टका नयाँ लक्षण

एजेन्सी/ कोभिड १९ को डेल्टा भेरियन्टबाट सङ्क्रमित मानिसको शरीरमा नयाँ लक्षणहरू देखा परेको बताइएको छ ।

भारतीय चिकित्सकहरूले डेल्टा भेरियन्टबाट सङ्क्रमित मानिसको शरीरमा पहिलेको भन्दा फरक लक्षणहरू देखिएको बताएकाे टाइम्स अफ इन्डियाले जनाएकाे छ ।

cura insider

बी.१.६१७.२ वा डेल्टा भेरियन्ट सबभन्दा सङ्क्रामक भएको र निकै खतरनाक रहेको बताइएको छ । अस्पताल भर्ना हुने बिरामीहरूको सङ्ख्या बढ्नुको कारण डेल्टा भेरियन्ट रहेको विशेषज्ञहरू विश्वास गर्छन् ।

डबल म्युटेन्ट वा भारतीय भेरियन्ट भनेर डिनिने डेल्टा भेरियन्टमा भएको दुई जेनेटिक कोडले मानव प्रतिरक्षा प्रणालीमा प्रवेश गर्न, शरीरमा तीव्र रुपमा फैलिएर अङ्गमा आक्रमण गर्न सजिलो बनाउँछ ।

रिपोर्टअनुसार भारतका डाक्टरहरूले कोभिड बिरामीमा कान नसुन्ने, गम्भीर ग्यस्ट्रिकको समस्या, रगत जम्ने तथा ग्याङ्ग्रिन (रक्त सञ्चारको कमीका कारण टिस्यु मर्ने, विशेष गरी हात र खुट्टाको छाला कुहिने) समेत हुने बताएका छन् ।

कोगुलेसनसम्बन्धी समस्याहरूको विगतको इतिहास नभए पनि कोभिडका गम्भीर बिरामीहरूको छातीमा रगत जम्ने समस्या धेरै मात्रामा देखापरिरहेको छ ।

यसबाहेक आन्द्राका रक्तनलीहरूमा पनि रगत जम्ने समस्या देखापरेको छ, जसकारण पेटमा गम्भीर दुखाइ हुने गर्छ ।

न्यु साउथ वेल्स विश्वविद्यालयको अध्ययनअनुसार बिटा (साउथ अफ्रिकी) र गामा (ब्राजिलियन) भेरियन्टबाट सङ्क्रमित कोभिड बिरामीमा यस्ता कुनै लक्षण देखिएको छैन ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: