birat ribon

सुनिल क्षेत्रीको प्रतिक्रिया : मेस्सीसँग तुलना नगर्नु

Neuro
सुनिल क्षेत्रीको प्रतिक्रिया : मेस्सीसँग तुलना नगर्नु

विराटनगर / अन्तराष्ट्रिय गोल सङ्ख्यामा अर्जेन्टिनी खेलाडी लियोनेल मेस्सीलाई पछि पारेका भारतीय फुटबलर सुनिल क्षेत्रीले मेस्सीसँग तुलना नगर्न आग्रह गरेका छन् । भारतीय राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका क्षेत्रीले स्टार खेलाडी मेस्सीसँग तुलना नगर्न आग्रह गरेका हुन् ।

विश्वकप छनोटको खेलमा बंगलादेशविरुद्ध दुई गोल गर्दै अन्तर्राष्ट्रिय गोलको सुचिमा मेस्सीलाई पछि परेका थिए । मेस्सीलाई पछि पारेपछि उनको चर्चा चलिरहेको छ । बुधबार भारतीय संचारमाध्यमसँग क्षेत्रीले मेस्सी स्टार खेलाडी भएकाले उनीसँग तुलना नगर्न आग्रह गरेका हुन् ।

cura insider

मेस्सीले ७२ गोल अन्तराष्ट्रिय गोल पुर्याएका छन् । सुनिलले ७४ गोल पुर्याएका छन् । ‘मलाई र मेस्सीसँग तुलना गर्न मिल्दैन,’ उनले भने,‘ म मेस्सीको फ्यान हुँ, गोल गर्ने सूचीमा रहेका कुनैपनि खेलाडीसँग दाज्न हुँदैन ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: