birat ribon

नेपाल सधैँ बेलायतको प्राथमिकतामा : महारानी एलिजावेथ

Neuro
नेपाल सधैँ बेलायतको प्राथमिकतामा : महारानी एलिजावेथ

लण्डन / बेलायतकी महारानी एलिजावेथ द्वितीयले नेपाल सधैँ बेलायतको प्राथमिकतामा पर्ने बताएकी छन् ।

बेलायत र नेपालबीच विशेष सम्बन्ध रहेको तथा नेपालको विकास प्रयासमा सहयोग गर्नु बेलायतको प्राथमिकता रहेको उनको भनाइ छ ।
महारानी एलिजावेथले आफ्नो दुईवटा ऐतिहासिक नेपाल भ्रमणको क्षणको स्मरण गर्दै अहिले कोभिड–१९ का कारण नेपालको अवस्था र खोपबारेमा चासो पनि व्यक्त गरेकी छन् ।

cura insider

कोरोना महामारी नियन्त्रणका क्रममा उनले नेपाललाई सक्दो सहयोग गर्ने आश्वासन पनि दिएकी छन् । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गर्ने क्रममा बेलायती महारानीले नेपालका बारेमा चासो र चिन्ता व्यक्त गरेकी हुन् ।

उनले नेपालको विकासमा सहयोग गर्न बेलायत सधैँ तत्पर रहेको पनि उल्लेख गरेको राजदूत रेग्मीले बताए । महारानी एलिजावेथ द्वितीयसमक्ष बकिङ्घम प्यालेसमा बुधबार आयोजित एक विशेष समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेश गरेको बेलायतस्थित नेपाली राजदूतावासले जनाएको छ ।

भर्चुअलरूपमा सम्पन्न उक्त समारोहमा प्रमाणपत्र बुझाएपछि राजदूत रेग्मीले महारानीसमक्ष नेपालका राष्ट्रपति र प्रधानमन्त्रीको सन्देश पनि सुनाएका छन् । सन्देशमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले महारानीको सुस्वास्थ्यका साथै बेलायतको प्रगति र बेलायती जनताको समृृद्धिको कामना गरेको दूतावासले उल्लेख गरेको छ ।

ओहोदाको प्रमाणपत्र ग्रहण गर्दै महारानीले राजदूत रेग्मीलाई सफल कार्यकालका लागि शुभकामना दिएकी छन् । राजदूत रेग्मीले बेलायत र नेपालबीच दुई शताब्दी लामो सम्बन्धको चर्चा गर्दै बेलायतले नेपाललाई सामाजिक तथा आर्थिक विकासमा पुर्याएको सहयोग तथा हालै कोभिड–१९ विरुद्धको नेपालको लडाइँमा पुर्याएको सहयोगका लागि धन्यवाद दिएका छन् ।

रेग्मी बेलायतका लागि २१ औँ राजदुतका रूपमा हालै नियुक्त भएका हुन् । रासस

jackson ribon

प्रतिक्रिया दिनुहोस्: