birat ribon

बानेश्वर चोकमा आकासे पुलको ट्रस्ट राखियो

Neuro
बानेश्वर चोकमा आकासे पुलको ट्रस्ट राखियो

काठमाडौँ/ काठमाडौँको अति व्यस्त चोकमध्यको एक नयाँ बानेश्वरमा आकासे पुलको ट्रस्ट राखिएको छ ।

सङ्घीय संसद भवन नजिकै रहेको चोकमा कार्यालय समयमा र साँझको समयमा बाटो काट्ने यात्रीले सास्ती खेप्दै आएका छन् ।

cura insider

बुधबार अपराह्न भुइँमा बनाइएको फलामको ट्रस्टलाई आकासे पुलको पिलरमा जोडिएको छ । बानेश्वर चोकबाट पश्चिमतर्फ ५० मिटरको दूरीमा रहेको यो पुलले दैनिक १५ हजार जना व्यक्तिलाई वारपार गर्न सहज बनाउने छ । यस्तै भुइँमा सडक ट्राफिकलाई समेत सहज बनाउने छ ।

आकासे पुल निर्माण अनुगमन गरिरहेको काठमाडौँ सडक डिभिजन कार्यालयका प्रमुख कुबेर नेपालीले यो पुल यसै आर्थिक वर्षमा निर्माण सम्पन्न भई प्रयोगमा आउने बताए ।

३८ मिटर लम्बाइको यो पुल मान्छे मात्र वारपार गर्न मिल्ने गरी बनाइएको छ । यो पुलको निर्माण लागत तीन करोड १० लाख रुपैयाँ छ ।

मान्छे हिँड्ने फुटपाथको चौडाइ तीन मिटरको छ भने यो पुल जमिनबाट पाँच मिटर माथि छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: