birat ribon

त्रिभुवन विमानस्थलका कमी कमजोरी सुधार्छाैं : मन्त्री अरगरिया

Neuro
त्रिभुवन विमानस्थलका कमी कमजोरी सुधार्छाैं : मन्त्री अरगरिया

काठमाडौँ/ संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री उमाशङ्कर अरगरियाले त्रिभुवन विमानस्थलमा भएका कमी कमजोरीहरूलाई सुधार्दै जाने बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अनुगमनपछि सञ्चारकर्मीहरूसँग मन्त्री अरगरियाले त्रिभुवन विमानस्थलको अवस्था पहिलेको भन्दा सुधार भएको उल्लेख गर्दै केही कमी कमजोरीहरूलाई सुधार्दै अगाडि बढ्ने बताएका हुन् ।

cura insider

उनले भने, ‘पहिले त जताततै फोहोर यताउता थियो । डेकोरेसनको कुरा त बेग्लै हो । तर पहिलेको अपेक्षामा धेरै सुधार छ । केही कमजोरी हामी सल्ट्याएर अघि बढ्छौँ ।’

उनले विश्व स्वास्थ्य सङ्गठनको नियमभित्र रहेर बिस्तारै आन्तरिक उडान खोल्ने निर्णय गर्ने पनि बताए ।

विमानस्थलको सरसफाइका लागि गाइडलाइन बनाएको भन्दै उनले कर्मचारीको उपस्थिति र कामको निगरानी गर्ने पनि बताए ।

लगेजको सुरक्षालाई पनि कडाइका साथ हेरिने मन्त्री अरगरियाले प्रतिबद्धता जनाए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: