birat ribon

प्रदेश १ कोरोना अपडेट : १४६५ सङ्क्रमणमुक्त हुँदा ५०७ सङ्क्रमित थपिए

Neuro
प्रदेश १ कोरोना अपडेट : १४६५ सङ्क्रमणमुक्त हुँदा ५०७ सङ्क्रमित थपिए

विराटनगर/ प्रदेश १ बाट बुधबार एक हजार चार सय ६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।

सङ्क्रमणमुक्त हुनेमा ६ सय २० महिला र आठ सय ४५ पुरुष छन् । मोरङबाट सबैभन्दा बढी पाँच सय ९८ जना सङ्क्रमणमुक्त भएका छन् ।

cura insider

यससँगै हालसम्म सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४४ हजार आठ सय ९९ पुगेको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यसैगरी प्रदेशमा आज पाँच सय सात जना कोरोना सङ्क्रमित थपिएका छन् । सुनसरीमा एक सय ६५, झापामा एक सय ३२, मोरङमा एक सय १९,  पाँचथरमा ५४, इलाममा आठ,  धनकुटामा ६, तेह्रथुममा चार, भोजपुर र उदयपुरमा तीन–तीन, सङ्खुवासभामा एक र प्रदेशबाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

सुनसरीको इनरुवामा ६२, धरानमा ३७, इटहरीमा ३४, देवानगन्जमा १४, दुहबीमा सात, बराहक्षेत्रमा ६, रामधुनीमा तीन, गढी र कोसी गाउँपालिकामा एक–एक जनामा सङ्क्रमण पुष्टि भएको छ । 

यसैगरी झापाको दमकमा ३७,  भद्रपुरमा २२, बिर्तामोडमा २०, अर्जुनधारामा १२, कनकाई र शिवसताक्षीमा आठ–आठ, बाह्रदशीमा सात, गौरीगन्जमा पाँच, मेचीनगर, बुद्धशान्ति र कचनकवलमा तीन–तीन, कमल गाउँपालिका र स्थानीय तह नखुलेका दुर्ई–दुई जना सङ्क्रमित भएका छन् । 

यता, मोरङको विराटनगरमा ६३, उर्लाबारीमा १६, बेलबारी र बूढीगङ्गामा सात–सता, कटहरी र सुन्दरहरैँचामा चार–चार, केराबारी र रङ्गेलीमा तीन–तीन, कानेपोखरी र धनपालथानमा दुई–दुई, रतुवामाई, सुनबर्सी, जहदा, ग्रामथान र स्थानीय तह नखुलेका एक–एक जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरी पाँचथरको फिदिममा ५१, हिलिहाङमा एक र स्थानीय तह नखुलेका दुई, इलामको इलाम नगरपालिका, रोङ र स्थानीय तह नखुलेका दुई–दुई, सूर्योदय र माईमा एक–एक, धनकुटाको धनकुटा नगरपालिकामा तीन, छथरमा दुई र स्थानीय तह नखुलेका एक जनामा कोरोना देखिएको छ । 

यसैगरी तेह्रथुमको म्याङलुङमा तीन र आठराईमा एक, भोजपुरको भोजपुर नगरपालिकामा एक र स्थानीय तह नखुलेका दुई, उदयपुरको चौदण्डीगढी, उदयपुरगढी र त्रियुगामा एक–एक, सङ्खुवासभाको खाँदबारीमा एक र प्रदेशबाहिरका १२ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । 

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६३ हजार आठ सय २० पुगेको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार पाँच सय ८१ छ । 

प्रदेश १ मा आज एक हजार ६ सय ५३ जनाको पिसिआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये दुई सय २४ पुरुष र दुई सय ८३ जना महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: