birat ribon

सङ्घीय सरकारले सक्दैन भने प्रदेश सरकारलाई खोप खरिदको अनुमति देओस् : मन्त्री राई

Neuro
सङ्घीय सरकारले सक्दैन भने प्रदेश सरकारलाई खोप खरिदको अनुमति देओस् : मन्त्री राई

विराटनगर/ प्रदेश १ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशलाई खोप खरिदका लागि अनुमति दिन आग्रह गरेकी छिन् । 

सङ्घीय सरकारले तुरुन्तै खोपको प्रबन्ध गर्नुपर्ने भन्दै गर्न नसके प्रदेशलाई खरिदको अनुमति दिन उनले आग्रह गरेकी हुन् । 

cura insider

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज आयोजना गरेको भर्चुअल बैठकमा मन्त्री राईले सो कुरा बताएकी हुन् । उनले कोरोना सङ्क्रमण नियन्त्रणका लागि खोप नै महत्वपूर्ण रहेकाले सङ्घीय सरकारलाई चाँडोभन्दा चाँडो खोप प्रबन्ध गर्न आग्रह गरिन् । 

मन्त्री राईले भनिन्, ‘केन्द्रले प्रबन्ध गर्न नसक्ने भए प्रदेशलाई खरिदको अनुमति होस् ।’ 

कोरोनाको तेस्रो लहर सुरु हुने विज्ञहरुले बताइरहेकाले आवश्यक तयारी गर्न आवश्यक देखिएको उनले बताइन् । तेस्रो लहरको पनि पूर्वतयारी आवश्यक रहेकोमा मन्त्री राईको जोड छ । 

कोरोना सङ्क्रमण नियन्त्रणमा प्रदेश सरकारको ध्यान केन्द्रित रहेको उनले बताइन् । प्रदेशका दुर्गम स्थानमा समेत कोरोना फैलिँदै गएकाले यसको नियन्त्रणमा प्रदेश सरकार लागेको उनले बताइन् । 

मन्त्री राईले सरकारी अस्पतालमा जनशक्तिको अभाव देखिएकाले परिपूर्तिमा पनि स्वास्थ्य मन्त्रालयको ध्यान जान आवश्यक रहेकोमा जोड दिइन् । 

उनले प्रदेश १ का सबै जिल्ला अस्पताललाई व्यवस्थित बनाउने अभियानमा रहेको जानकारीसमेत गराइन् । उनले भनिन्, ‘प्रत्येक जिल्ला अस्पताललाई सुविधा सम्पन्न बनाउने गरी अघि बढेका छौं ।’

सबै स्थानीय सरकारको बजेट केन्द्रीकृत गरी पूर्ण व्यवस्थित र विकसित अस्पताल निर्माणमा लागिपरेको उनले बताइन् । 

उनले भनिन्, ‘एचडियु, आइसियु, भेन्टिलेटर, आवश्यक जनशक्तिसहितको विकसित अस्पताल निर्माण हुने छ ।’

विपन्न नागरिकको स्वास्थ्य उपचारलाई केन्द्रित गरी विपन्न स्वास्थ्य कार्यक्रम ल्याउने योजनामा प्रदेश सरकार रहेको उनले बताइन् । 

भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङ, सात वटै प्रदेशका सामाजिक विकास मन्त्री, मन्त्रालयका सचिवलगायतको सहभागिता थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: