birat ribon

प्रदेश २ सरकारमा काङ्ग्रेस र माओवादीबाट यी व्यक्ति बन्दै छन् मन्त्री

Neuro
प्रदेश २ सरकारमा काङ्ग्रेस र माओवादीबाट यी व्यक्ति बन्दै छन् मन्त्री

जनकपुर/ प्रदेश २ सरकारमा जाने निर्णय गरेका नेपाली काङ्ग्रेस र माओवादी केन्द्रले मन्त्रीहरूकाे टुङ्गो लगाएक‍ा छन् ।

काङ्ग्रेस संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा वीरेन्द्र सिंह र ओमप्रकाश शर्मा मन्त्रिपरिषद्मा सहभागी हुने भएका हुन् ।

cura insider

स्राेतका अनुसार यादवलाई भौतिक पूर्वाधार तथा यातायात, सिंहलाई महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय र शर्मालाई ऊर्जा तथा खानेपानी मन्त्रालय दिने सहमति भएको छ ।

यसैगरी माओवादी केन्द्रबाट भरत साह र जगत यादव मन्त्री बन्ने भएका छन् । तर उनीहरूले पाउने मन्त्रालय भने टुङ्गाे लाग्न बाँकी छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: