birat ribon

काङ्ग्रेस महाधिवेशन भदाैमै हुन्छ : सभापति देउवा

Neuro
काङ्ग्रेस महाधिवेशन भदाैमै हुन्छ : सभापति देउवा

काठमाडौँ/ नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महाधिवेशन आगामी भदौमा हुने कुरामा विश्वस्त हुन आग्रह गरेका छन् ।

असार र साउन महिनामा तयारी गरेर भदौमा महाधिवेशन गर्ने प्रतिबद्धता देउवाले जनाएका छन् ।

cura insider

बुधबार एक विज्ञप्ति जारी गर्दै सभापति देउवाले आगामी भदौमै महाधिवेशन गर्न आफु प्रतिबद्ध रहेको उल्लेख गरेका हुन् ।

सभापति देउवाले पार्टीको महाधिवेशन सम्पन्न गर्ने विषयलाई विवादित बनाउने वा कसैले महाधिवेशन गर्न चाहेको र कसैले नचाहेको देखाउने गरी पटक–पटक आउने गरेका अभिव्यक्ति सही नभएको बताएका छन् ।

‘यस्तो विषम परिस्थितिमा पनि हामीले यही भाद्र महिनाभित्रमा पार्टीको चौधौं महाधिवेशन सम्पन्न गर्नुपरेको छ । म देशभरिका पार्टीका सम्पूर्ण साथीहरुलाई स्पष्टताका साथ भन्न चाहन्छु- २०७८ भाद्र महिनामा पार्टीको महाधिवेशन हुन्छ, म यसमा पूर्ण प्रतिबद्ध छु,’ उनले भनेका छन् ।

हेर्नुहाेस् विज्ञप्ति

 

jackson ribon

प्रतिक्रिया दिनुहोस्: