birat ribon

संसद् विघटनविरुद्धकाे मुद्दा सुनुवाइका लागि एमिकस क्युरी झिकाइयाे, एक पक्षले १५ घन्टा मात्र बहस गर्न पाउने

Neuro
संसद् विघटनविरुद्धकाे मुद्दा सुनुवाइका लागि एमिकस क्युरी झिकाइयाे, एक पक्षले १५ घन्टा मात्र बहस गर्न पाउने

काठमाडौं/ संसद् विघटनविरुद्धको मुद्दामा संवैधानिक इजलासले सुनुवाइका लागि सर्वोच्च अदालतको सहयोगी (एमिकस क्युरी) झिकाउने आदेश गरेको छ ।

बुधबार बसेकाे संवैधानिक इजलासले नेपाल बार एसाेसिएसन र सर्वोच्च अदालत बारबाट दुई-दुईजना वरिष्ठ अधिवक्तालाई झिकाउने आदेश गरेको हो ।

cura insider

यसैगरी संसद् विघटनविरुद्ध परेका रिट निवेदनमा जम्मा १५ घण्टामात्रै बहस गर्न पाइने भएको छ।

रिट निवेदकहरुमध्ये एक पटकमा अधिकतम पाँच जना, निवेदक पक्षका कानुन व्यवसायीहरुमध्ये एक पटकमा बढीमा तीन जना, महान्यायाधिवक्ताको कार्यालयबाट खटिने सरकारी वकिलहरुमध्ये एक पटकमा बढीमा तीन जना र अन्य प्रत्यर्थीहरु प्रत्येकको तर्फबाट एक पटकमा दुई/दुई जना मात्रै इजलासमा बस्न पाउने भएका छन् ।

संवैधानिक इजलासले जारी गरेको आदेशमा विपक्षीहरुलाई सात दिनभित्र लिखित जवाफ पेस गर्न र दुई दिनभित्र विपक्षीहरुलाई म्याद बुझाउन भनिएको छ ।

‘प्रतिनिधि सभा विघटनसम्बन्धी मिति २०७८/०२/०७ को नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णय, प्रधानमन्त्रीले गर्नुभएको सिफारिस, तदनुसार राष्ट्रपतिबाट भएको निर्णयसम्बन्धी फाइल कागजात सम्बन्धित कार्यालयहरूबाट आजका मितिले सात दिनभित्र अनिवार्य रूपमा झिकाई मिसिल सामेल राख्नू,’ इजलासले गरेको आदेशमा भनिएको छ।

रिटको सुनुवाइ असार ९ गतेदेखि निरन्तर हुनेछ।

हेर्नुहाेस् आदेशः

jackson ribon

प्रतिक्रिया दिनुहोस्: