birat ribon

सभामुखले बाेलाए सर्वदलीय बैठक, प्रधानमन्त्रीलाई पनि निम्ताे

Neuro
सभामुखले बाेलाए सर्वदलीय बैठक, प्रधानमन्त्रीलाई पनि निम्ताे

काठमाडाैँ/ विघटन गरिएकाे प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले सर्वदलीय बैठक बाेलाएका छन् ।

बैठकमा सहभागी हुन सभामुख सापकाेटाले प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि पत्र काटेका छन् ।

cura insider

सभामुख सापकोटाका सञ्चारविज्ञ श्रीधर न्यौपानेका अनुसार प्रधानमन्त्री ओली, पूर्वप्रधानमन्त्रीहरू, सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका नेताहरूलाई बैठकमा बोलाइएको छ ।

समसामयिक विषयमा छलफल गर्नका लागि बैठक आयोजना गरिएको बताइएको छ । बैठक शुक्रबार दिउँसो २ बजेका लागि तय गरिएको छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरको ल्होत्से हलमा बैठक आयोजन गरिएको हो ।

समसामयिक विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरु, पूर्वप्रधानमन्त्रीहरुसँग छलफल गर्न लागिएको सभामुखनिकट स्रोतले जनाएको छ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: