birat ribon

मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

Neuro
मातातीर्थ अस्पतालमा अक्सिजन प्लान्ट जडान

काठमाडाैँ/ चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ स्थित मातातीर्थ सामुदायिक अस्पतालमा अक्सिजन प्लान्ट जडान गरिएको छ ।

मातातीर्थ सामुदायिक अस्पतालमा सोमबार स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले अक्सिजन प्लान्टको उद्घाटन गरे ।

cura insider

सो अक्सिजन प्लान्टले २४ घण्टामा ४० लिटर क्षमताका ४० देखि ४८ वटा सिलिन्डर भर्ने गरी उत्पादन गर्ने बताइएको छ ।

चन्द्रागिरी नगरपालिका वडा नम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सबै नगरबासी, प्रदेश सदस्यहरु, जनप्रतिनिधिको सहयोगको कारण चाँडै नै अक्सिजन प्लान्ट जडान गर्न सकिएको बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: