birat ribon

सिद्धबाबाको डाँडा काटिँदैन : उपप्रधानमन्त्री पौडेल

Neuro
सिद्धबाबाको डाँडा काटिँदैन : उपप्रधानमन्त्री पौडेल

काठमाडौँ / उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने बताएका छन् ।

बुधबार नेपाल वातावरण पत्रकार समूहले ढुङ्गा, गिट्टी र बालुवाको निर्यात गर्ने नीति कति जायज भन्ने विषयमा गरेको बहस कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सिद्धबाबाको डाँडा नकाटिने स्पष्ट पारेको हुन् । सिद्धबाबाको डाँडा काटेर त्यहाँको यात्रालाई सहज बनाउन आफूलाई सुझावहरू आएको भए पनि आफूले त्यसको विरोध गरेर चुरे संरक्षणको महत्वलाई स्थापित गर्न पहल गरेको उनको भनाइ छ ।

cura insider

चुरेको दोहन र उत्खननबाट बचाउनको निम्ति र यात्रालाई सुरक्षित गराउनको निम्ति सुरुङ मार्गको निर्माण गरिएको पनि उनले बताए । चुरेको दोहन रोक्ने र खानीजन्य सामग्री त्यहाँबाट नहटाउने मान्यताका साथ सुरुङमार्ग निर्माण भएको मन्त्री पौडेलले बताए ।

अर्थमन्त्री पौडेलले वजेट वक्तव्यको बुँदा नं. १९९ मा कहीँ कतै पनि चुरेबारे उल्लेख नगरिएको भन्दै अनावश्यक रूपमा विवाद निकालिएको बताए । सरकारले चुरे क्षेत्रमा कुनै पनि प्रकारको हस्तक्षेप गर्न नदिने बताए । चुरेको संरक्षण गर्ने सरकारको अभिभारा रहेको भन्दै उनले चुरे क्षेत्रबाट केही पनि उत्खनन् तथा निकासी नगर्ने बताए ।

उनले गैरकानुनी रूपले चुरेको उत्खनन् गर्ने वा वातावरणमा प्रतिकुल प्रभाव हुने गरी उत्खनन् गर्ने र प्राकृतिक सम्पदाको दोहन गर्ने कार्य गर्नेलाई कडा कारबाही गरिने पनि बताए । चुरे दोहनलाई कडाइका साथ नियन्त्रण गरिने उनको भनाइ छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: