birat ribon

मोरङमा १७ ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण, प्रदेश १ मा ३७ जना

Neuro
मोरङमा १७ ट्राफिक प्रहरीमा कोरोना सङ्क्रमण, प्रदेश १ मा ३७ जना

विराटनगर / मोरङमा १७ जनासहित प्रदेश १ मा ३७ जना ट्राफिक प्रहरीलाई कोरोना भाइरसको सङ्क्रमण देखिएको छ ।


दोस्रो भेरियन्टयता ट्राफिकमा तीव्र रूपमा कोरोना फैलिँदा सङ्क्रमित हुनेको सङ्ख्या ३७ पुगेको हो । जसमा प्रहरी निरीक्षक (इन्सपेक्टर) एक, नायव निरीक्षक (सई) दुई, सहायक निरीक्षक (असई) तीन, हवल्दार आठ, प्रहरी जवान २० र एक जना कार्यालय सहयोगी छन् ।

cura insider

पिसिआर परीक्षण गरिएकामध्ये सबैभन्दा बढी मोरङमा प्रहरी निरीक्षकसहित १७ जनाको रिपोर्ट पोजिटिभ आएको छ । झापामा १२, सुनसरीमा चार, प्रदेश १ ट्राफिक प्रहरी कार्यालय इटहरीमा दुई, ताप्लेजुङ र उदयपुरमा एक/एक जनामा कोरोनाको सङ्क्रमण देखिएको छ ।
१४ जिल्ला रहेको प्रदेशमा इलाम, पाँचथर, धनकुटा, तेह्रथुम, सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र सोलुखुम्बु जिल्लामा कार्यरत ट्राफिकलाई भने हालसम्म कोरोनाले छोएको छैन ।

प्रदेशभर चार सय ३३ ट्राफिक प्रहरी कार्यरत छन् । कोरोना महामारी नियन्त्रण र नियमित काम कारबाहीमा खटिँदा ट्राफिक सङ्क्रमित बन्ने गरेको प्रदेश १ ट्राफिक प्रहरी प्रमुख एसपी सञ्जीव शर्माले बताए । सवारीचालक एवं सर्वसाधारणलाई मास्क तथा सेनिटाइजर वितरण र कोरोनाविरुद्ध विभिन्न जनचेतनामूलक कार्यक्रम यसअघि सञ्चालन गरेको ट्राफिक अहिले निषेधाज्ञाको कार्यान्वयनमा सक्रिय छ ।

एसपी शर्माले सङ्क्रमण पुष्टि भएर उपचाररत सबैको अवस्था सामान्य रहेको जानकारी दिए ।

ब्यारेकमा भौतिक दुरी कायम गरेर खान, सुत्न मिल्ने ठाउँ अनि उपयुक्त एवं अलगअलग शौचालय र बाथरुमको व्यवस्था नहुँदा ट्राफिकमा सङ्क्रमणको जोखिम बढ्दो छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: