birat ribon

विराटनगरबाट चोरीको ५० हजार र चाँदीको सिक्रीसहित एक युवक पक्राउ

Neuro
विराटनगरबाट चोरीको ५० हजार र चाँदीको सिक्रीसहित एक युवक पक्राउ

विराटनगर / चोरी गरेको ५० हजार रुपैयाँ नगद र अढाई तोला बराबरको चाँदीको सिक्रीसहित विराटनगरबाट बुधबार प्रहरीले एक युवालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीमा प्रवक्ता डीएसपी मानबहादुर राईका अनुसार चोरीमा संलग्न विराटनगर महानगरपालिका–८ स्थित विश्वकर्मा चोकका २२ वर्षीय अनिलकुमार यादवलाई पक्राउ गरिएको हो । उनका अनुसार यादवले बुधबार बिहानका राति २ बजेतिर विराटनगर–८ कै राजकुमार श्रेष्ठको घरमा चोरी गरेको खुलेको छ ।

cura insider

श्रेष्ठको घरबाट चोरी गरेको ५० हजार रुपैयाँ र चाँदीको सिक्रीसहित पक्राउ परेका यादवविरुद्ध चोरी मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी राईले दिए । उनका अनुसार यादव आफ्नै घरबाट पक्राउ परेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: