birat ribon

युरो कपअगाडि फ्रान्सलाई समस्या : बेन्जेमा घाइते

Neuro
युरो कपअगाडि फ्रान्सलाई समस्या : बेन्जेमा घाइते

विराटनगर / लामो समयपछि राष्ट्रिय टोलीमा फर्किएका फ्रान्सका स्ट्राइकर करिम बेन्जेमा घाइते भएका छन् । ६ वर्षपछि राष्ट्रिय टोलीमा फर्किएका ३३ वर्षीय बेन्जेमा मङ्गलबार बुल्गेरियासँगको मैत्रीपूर्ण खेलमा घाइते भएका हुन् ।

मङ्गलबार राति फ्रान्सले बुल्गेरियामाथि ३–० गोलको सहज जित दर्ता गरेको थियो । फ्रान्सको मैदानमा भएको खेलमा घरेलु टिमलाई जिताउन ओलिभर जिराउडले दुई गोल गर्दा एन्टोइन ग्रिजम्यानले एक गोल गरे ।

cura insider

उक्त खेलको ४१औँ मिनेटमा चोटका कारण रियल मड्रिडका फरवार्ड बेन्जेमा मैदाबाट बाहिरिएका थिए । उनको स्थानमा ओलिभर जिराउड मैदान प्रवेश गरेका थिए । फ्रान्सका प्रशिक्षक डिडियर डेसच्याम्पले घुँडामा चोट बोकेका जनाए । उनी घाइते भएसँगै अब युरो कपको तयारीमा रहेको फ्रान्सलाई समस्या आइपरेको छ ।

११ जुनदेखि ११ जुलाईसम्म आयोजना हुने यस पटकको युरो कप युरोपका विभिन्न ११ सहरमा हुँदैछ । युरो २०२० मा हङ्गेरी, पोर्चुगल र जर्मनीसँगै फ्रान्स समूह ‘एफ’मा छ । फ्रान्सले १५ जुनमा जर्मनीको सामना गरेर युरो कप २०२० को सुरुआत गर्नेछ ।

सन् २०१५ मा आफ्नै पूर्वसहकर्मीलाई ‘ब्ल्याकमेल’ गरेको आरोपपछि उनी फ्रान्सका लागि प्रतिनिधित्व गर्नबाट बञ्चित भएका थिए । परिणामस्वरुप ३३ वर्षीय बेन्जिमाले सन् २०१६ को यूरो र सन् २०१८ को विश्वकप फुटबल खेल्न पाएका थिएनन् । बेन्जेमामाथि आफ्नै सहकर्मी ३६ वर्षीय मिडफिल्डर मैथ्यु भल्बुएनाको यौनकाण्डको टेप सार्वजनिक गर्ने धम्कीसँगै फिरौती मागेको आरोप लागेको थियो । तर बेन्जेमाले एक जना प्रहरीले आफूलाई उक्त अवस्थामा पु¥याउन बाध्य बनाएको बताएका थिए ।

उनले सन् २०१५ यता पहिलो पटक राष्ट्रिय टोलीमा फर्किएका हुन् । अगस्ट २०१५ मा अर्मेनियाविरुद्ध मैत्रीपूर्ण खेल खेलेपछि राष्ट्रिय टोलीबाट खेल्ने मौका नपाएका उनले वेल्सविरुद्ध खेल्दै टोलीबाट कमब्याक गरेका हुन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: