birat ribon

अत्यधिक आवाजले खानाको छनौटलाई असर गर्ने

Neuro
अत्यधिक आवाजले खानाको छनौटलाई असर गर्ने

विराटनगर / खाना खाने समयमा सङ्गीत सुन्नाले खाइने खानामा असर गर्न सक्छ ।

डेनमार्कको आर्कस युनिभर्सिटीले गरेको अध्ययनअनुसार खाना खाने समयमा विभिन्न प्रकारका सङ्गीत सुन्दा मानिसले अस्वस्थकर खानाको छनौट गर्ने गर्छन् । अध्ययनका लागि सहभागीलाई सुस्त सङ्गीत सुन्ने र अर्को तीव्र बिट भएको सङ्गीत सुन्ने गरी दुई समूहमा विभाजन गरिएको थियो ।

cura insider

जर्नल एपिटाइटमा प्रकाशित अनुसन्धानका अनुसार सुस्त सङ्गीत सुन्ने समूहले स्वास्थ्यकर खाद्य पदार्थ छनौट गर्ने सम्भावना पाइएको थियो । कुनै पनि सङ्गीत, टिभी हेर्दै खाने वा खाना खानेबेला कुराकानी गर्ने वा अन्य दिक्क लाग्ने आवाजबाट खाना खाने समयमा टाढा रहनुपर्ने विशेषज्ञहरू बताउँछन् । यसो गर्दा स्वस्थ खाना छनौट गर्नुका साथै धेरै खाने बानीमा नियन्त्रण गर्ने प्रभावकारी उपाय हुनसक्छ ।

विचलित हुनसक्ने आवाज, टेलिभिजन जस्ता प्रभावहरूको बारेमा विश्लेषण गरिएका २४ वटा अध्ययनबाट सन् २०१३ मा बर्मिङ्घम युनिभर्सिटीका अन्वेषकहरूले मानिसहरूको ध्यान विचलित हुँदा खाना बढी खाने गरेको पत्ता लगाएका थिए । एक पटकको खानामात्र धेरै खाने नभई अर्कोपटकको खाना पनि अझ बढी खाइने अनुसन्धानकर्ताको भनाइ छ ।

मौन बसेर खाना खाँदा वा शान्त वातावरणमा खाँदा स्वस्थकर खाना छनौट गर्नुका साथै खानाको मात्रा र खानाको स्वादमा पनि बढी ध्यान दिन सकिन्छ । (डेली मेल)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: