birat ribon

फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिलाई पनि खोपमा प्राथमिकता : मन्त्री तामाङ

Neuro
फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिलाई पनि खोपमा प्राथमिकता : मन्त्री तामाङ

काठमाडौँ / स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शेरबहादुर तामाङले आगामी दिनमा कोभिड–१९ विरुद्धको खोपमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिलाई पनि प्राथमिकता दिइने बताएका छन् ।

बुधबार नेपाल खेलकुद महासङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री तामाङले केही दिनमै कोभिड–१९ विरुद्धको खोपको सन्दर्भमा सकारात्मक समाचार आउने बताउँदै आगामी दिनमा फ्रन्टलाइनमा खट्ने खेल क्षेत्रका व्यक्तिलाई पनि प्राथमिकता दिइने बताएका हुन् । उनले सरकार कोभिड १९ सँगसँगै अन्य रोगको उपचार पनि जनतालाई कसरी सहज बनाउन सकिन्छ भनेर लागिरहेको बताए ।

cura insider

मन्त्री तामाङलाई ज्ञापनपत्र बुझाउँदै नेपाल खेलकुद महासङ्घले खेलाडीलगायत खेल क्षेत्रका लागि काठमाडौँ उपत्यकामा पाँच हजार मात्रा र प्रदेश र जिल्लामा आवश्यकताअनुसार कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन सरकारसँग अनुरोध गरेको छ ।

त्यसैगरी आगामी दुई महिनाभित्र प्रत्येक नागरिकले खोप लगाउन सक्नेगरी व्यवस्था गर्न, पिसिआर परीक्षणलाई सहज र फराकिलो बनाउन, खेलकुद क्षेत्रलाई प्राथमिकता दिई राष्ट्रिय खेलकुद परिषद् त्रिपुरेश्वरमा खोप केन्द्र सञ्चालन गर्न महासङ्घले अनुरोध गरेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: