birat ribon

विराट अस्पतालमा सुविधासम्पन्न आइसियू सञ्चालन

Neuro
विराट अस्पतालमा सुविधासम्पन्न आइसियू सञ्चालन

विराटनगर / विराटनगर अस्पतालले १४ बेडको मोड्युलर आइसियू र ११ बेडको न्यूरो सर्जिकल आइसियू सञ्चालनमा ल्याएको छ । उक्त आइसियू बेडको बुधबार प्रदेश १ का आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले उद्घाटन गरेका छन् ।

विराटनगर अस्पतालमा बुधबारबाट सञ्चालनमा आएको उक्त आइसियूमा सङ्क्रमणको दर अत्यन्तै न्यून रहने, सङ्क्रमित रोग भएका बिरामीलाई अन्य बिरामीसँग छुट्याएर राख्न छुट्टै चारवटा कक्षको व्यवस्था गरिएको छ । यस्तै बिरामीलाई एकै स्थान वा घरबाट समेत अनुगमन गर्न सकिने कम्प्युटराइज्डको व्यवस्थालगायत सुविधा रहेको अस्पतालले जानकारी दिएको छ ।

cura insider

अस्पतालले सेवा विस्तार गर्दै जाँदा सघन उपचारमा ९६ शैय्या पुगेको अस्पतालले जनाएको छ । जसमध्ये आइसियू (ए) २२ वेड, आइसियू (बी) १४ वेड, न्युरो सर्जिकल आइसियू ११ वेड, पिआइसियू नौ बेड र एनआइसियू २२ बेड गरेर जम्मा ७८ बेड र यसमा एचडिसियुका १८ शैय्या जोड्दा जम्मा ९६ शैय्या पुगेको अस्पतालले जानकारी दिएको छ ।

स्वास्थ्य सेवाप्रति हाम्रो समर्पण र प्रतिबद्धता साथै बिरामीको विश्वास र मायाका कारण यहाँसम्म आइपुगेको विराट अस्पताल प्रालिका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले बताए । उनले आगामी दिनमा समेत समयअनुसार विकसित भएका विश्वस्तरीय आधुनिक प्रविधि र पद्धतिहरू भित्र्याएर गुणस्तरीय सेवा उपलब्ध गराउँदै जाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: