birat ribon

पोर्चुगल र इजराइल भिड्दै

Neuro
पोर्चुगल र इजराइल भिड्दै

विराटनगर / अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा आज राति युरोपियन च्याम्पियन पोर्चुगलले इजराइलसँग खेल्दै छ । नेपाली समयानुसार राति १२ः३० बजेबाट सुरु हुने उक्त खेल पोर्चुगलको राजधानी लिस्बोनस्थित जोसे अल्भालाडे स्टेडियममा हुनेछ ।

यस खेलमा दुवै टोली एक–अर्कामाथि जित निकाल्ने दाउमा हुनेछन् । यसअघिको मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्पेनसँग गोलरहित बराबरी खेलेको थियो भने इजराइलले मोन्टेनेग्रोमाथि ३–१ गोलको जित निकालेको थियो ।

cura insider

पोर्चुगलले युरो कप २०२० को तयारीस्वरूप मैत्रीपूर्ण खेल खेल्न लागेको हो । जुन १५ मा हङ्गेरीसँग खेल्दै साविक विजेता पोर्चुगलले युरो कपको थालनी गर्नेछ । यता, इजराइल भने सन् २०२२ मा हुने फिफा विश्वकप छनोट खेलको तयारीमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: