birat ribon

निद्रामा समस्या हुनेमा मृत्युको जोखिम बढी

Neuro
निद्रामा समस्या हुनेमा मृत्युको जोखिम बढी

विराटनगर / निद्रामा समस्या नहुने मानिसको तुलनामा निद्रामा समस्या हुने व्यक्तिमा मृत्युको जोखिम बढी हुने अध्ययनले देखाएको हो ।

यसमा पनि विशेषगरी मधुमेहको समस्या हुने मानिसमा जोखिम थप बढ्ने देखिएको छ । नौ वर्षको अनुसन्धानका क्रममा निन्द्रामा समस्या वा मधुमेहको समस्या नभएका मानिसको तुलनामा टाइप २ मधुमेह भएका व्यक्तिमा कुनै पनि कारणले मृत्यु हुने सम्भावना ८७ प्रतिशत हुने पत्ता लागेको छ । परिणामअनुसार मधुमेह भए पनि निद्राको समस्या नभएको मानिसको तुलनामा मधुमेह र निद्रा सम्बन्धी समस्या भएका मानिसमा मृत्युको जोखिम १२ प्रतिशत बढी हुन्छ ।

cura insider

जर्नल अफ स्लिप रिसर्चमा प्रकाशित अध्ययनका लागि शोधकर्ताले बेलायत बायोब्याङ्कबाट चार लाख ८७ भन्दा बढी सहभागीको डाटा विश्लेषण गरेका थिए । अध्ययमा सहभागी भएका मानिसलाई चार समूहमा विभाजित गरिएको थियो । मधुमेह र अनिद्राको समस्या भएका, मधुमेह भएका तर अनिद्राको समस्या नभएका, अनिद्राको समस्या भएका तर मधुमेह नभएका तथा मधुमेह र अनिद्रा दुबै नभएका गरी विभाजन गरिएको थियो ।

अध्ययनअनुसार निद्रामा समस्या नहुने मानिसको तुलनामा प्रायः निद्रामा समस्या हुने सहभागी कार दुर्घटना, हृदयघात वा कुनै पनि कारणबाट मर्ने सम्भावना १० प्रतिशत बढी हुन्छ । तर, मधुमेहले मृत्युको जोखिमलाई थप बढाउँछ ।

इलिनोइको नर्थवेस्टर्न युनिभर्सिटीका न्यूरोलोजी र रोकथाम चिकित्साको सहयोगी प्राध्यापक डा. क्रिस्टन नटसनका अनुसार मधुमेह भएका मानिसमा मृत्युको जोखिम ६७ प्रतिशतसम्म हुन्छ ।

तर, नियमित अनिद्राको समस्या भएका मधुमेह रोगीमा मृत्युदर ८७ प्रतिशतसम्म हुने पाइयो । कुनै समस्या नभएका मानिसको तुलनामा मधुमेह र अनिद्रा दुबै समस्या भएकामा हृदय रोगबाट मृत्यु हुने सम्भावना दुई गुणा बढी हुन्छ । निद्रा र मधुमेह दुबै हुँदा मृत्युको जोखिमको विषयमा जाँच गर्ने यो पहिलो अध्ययन रहेको बताइएको छ । (डेली मेल)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: