birat ribon

प्रदेशसभाको शून्य समय : सरकारको आलोचना, अध्यादेशको बजेट सच्याउन माग

Neuro
प्रदेशसभाको शून्य समय : सरकारको आलोचना, अध्यादेशको बजेट सच्याउन माग

विराटनगर / प्रदेश १ प्रदेशसभाका सदस्यहरुले सरकारको आलोचना गरेका छन् । बजेट अधिवेशनको तेस्रो बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्यहरूले प्रदेश र सङ्घीय सरकारको आलोचना गरेका हुन् ।

सदस्यहरूले चुरे क्षेत्रको ढुङ्गागिटी बेच्ने सङ्घीय सरकारको योजनाको विरोध गरेका छन् ।

cura insider

प्रदेशसभा सदस्य हिमाल कार्कीले ढुङ्गागिटी निर्यातले तराईका क्षेत्र मरुभूमि हुने भएकाले तत्काल सच्याउन माग गरे । सङ्घीय सरकारले अध्यादेशमार्फत ल्याएको बजेटमा प्राकृतिक सम्पदाहरू दोहन गर्ने र खानीजन्य पदार्थहरू उत्खनन गरेर घाटा न्यूनीकरण नीतिले समस्या निम्त्याउने बताए ।

प्रदेशसभा सदस्य राधा थापाले ढुङ्गागिटी जथाभावी उत्खनन गर्दा जनता काकाकुल हुनुपर्ने बताइन् । केन्द्रको नीतिका विषयमा प्रदेशले पनि बोल्नुपर्ने उनले बताइन् । उनले कोरोना सङ्क्रमितको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिन् ।

प्रदेशसभा सदस्य कल्पनाकुमारी सरदारले कोेरोना महामारीले प्रभावित दैनिक ज्यालादारीमा काम गर्ने नागरिकलाई राहत प्याकेज उपलब्ध गराउनुपर्ने बताइन् । सरकारले प्रभावकारी काम गर्न नसकेको उनको भनाइ थियो ।

प्रदेशसभा सदस्य कुसुमकुमारी श्रेष्ठले सङ्घीय सरकारको बजेटमा राहत सहुलियत तथा पुनरुत्थान कार्यक्रमअन्तर्गत दैनिक उपभोग्य वस्तुमा जनतालाई २० प्रतिशत सहुलियत देशभरि गर्नुपर्ने बताइन् ।

प्रदेश सभासद चुमनारायण तवदारले मोरङको बूढीखोलामा मापदण्ड विपरित तटबन्धन निर्माणको कार्य भएको बताए । उनले सरकारले प्रभावकारी रूपमा काम नगरेको बताए । भ्याक्सिन पनि पर्याप्त नभएको उनले बताए ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: