birat ribon

न्यायाधीश भट्टराई र कार्कीले इजलास छाडेनन् : अब इजलास गठनकाे प्रश्न नउठाउनू- न्यायाधीश खतिवडा

Neuro
न्यायाधीश भट्टराई र कार्कीले इजलास छाडेनन् : अब इजलास गठनकाे प्रश्न नउठाउनू- न्यायाधीश खतिवडा

काठमाडाैँ/ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा हेर्न गठन गरिएकाे पछिल्लाे संवैधानिक इजलास नै फाइनल भएकाे न्यायाधीश इश्वर खतिवडाले बताएका छन् ।

यससँगै इजलासबाट न्यायाधीशहरु आनन्दमोहन भट्टराई र दीपककुमार कार्की हटेनन् । इलाजसमा भट्टराई र कार्कीकाे सहभागितामाथि सरकारी कानुन व्यवसायीले प्रश्न उठाउँदै इजलासबाट बाहिरिन आग्रह गरेका थिए ।

cura insider

‘यो विवादका सिलसिलामा धेरै वटा अनुभव प्राप्त भएको छ । धेरै किसिमका अनुभव छन् । नयाँ अनुभव पाएका छौं,’ न्यायाधीश खतिवडाले भने, ‘संविधानतः संवैधानिक इजलासमा प्रधानन्यायाधीशको विकल्प छैन । इजलासका बाँकी न्यायाधीश हामी एउटै डुङ्गामा छौं । अब हामी अगाडि बढ्छौं । हामीलाई भगाउने कोसिस कतैबाट नहोस् ।’

यससँगै इजलासमा मूल मुद्दामा सुनुवाइ सुरु भएकाे छ । बहसका लागि एक जना बराबर ३० मिनेटको समय छुट्याइएको छ । 

खतिवडाले भने, ‘आधा घण्टा भनेको ३१ मिनेट होइन। ३० मात्रै हो । आफैँ विचार गर्नुहोला ।’

jackson ribon

प्रतिक्रिया दिनुहोस्: