birat ribon

अधिकारका लागि आवाज उठाउँछु : राष्ट्रियसभा सदस्य पाण्डे

Neuro
अधिकारका लागि आवाज उठाउँछु : राष्ट्रियसभा सदस्य पाण्डे

काठमाडौँ / नवनिर्वाचित राष्ट्रियसभा सदस्य दृगनारायण पाण्डेले सङ्घीयताको आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकारका लागि आफूले दह्रोगरी आवाज उठाउने बताएका छन् ।

बुधबार राष्ट्रियसभा सदस्यको सपथ ग्रहणपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै देशको सङ्घीयता, समावेशी र समानुपातिकका आधारमा स्थानीय तह र प्रदेशले पाउने अधिकार अझै पनि पाउन नसकेको भन्दै त्यसको निम्ति संसदमार्फत् बुलन्द आवाज उठाउने बताए ।

cura insider

उनले नेपालको लोकतन्त्र र संविधान ओझेलमा देखिएको टिप्पणी पनि गरे ।

नेपाली काङ्ग्रेसका उम्मेदवार पाण्डेले नेकपा (माओवादी केन्द्र), नेकपा (एमाले) माधव नेपाल पक्ष, जसपा उपेन्द्र यादव पक्ष र जनमोर्चाको समेत समर्थनमा जेठ १७ गते लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका हुन् ।

उनले बुधबार राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाबाट सपथग्रहण गरेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: