birat ribon

तेस्रो लहरमा बच्चाहरू धेरै प्रभावित हुने प्रमाण छैन : एम्स निर्देशक

Neuro
तेस्रो लहरमा बच्चाहरू धेरै प्रभावित हुने प्रमाण छैन : एम्स निर्देशक

विराटनगर / कोभिड १९ को तेस्रो लहरमा बच्चाहरूलाई गम्भीर प्रभाव हुने कुनै प्रमाण नभेटिएको बताइएको छ ।

अल इन्डिया इन्टिट्युट अफ मेडिकल साइन्सेज (एम्स) का निर्देशक डा. रणदीप गुलेरियाले सङ्क्रमणको तेस्रो लहरमा बच्चाहरूमा गम्भीर लक्षण देखिने कुनै प्रमाण नभेटिएको बताएका हुन् । उनका अनुसार कोरोना भाइरसको सङ्क्रमणका कारण अस्पताल भर्ना गर्नु परेको ६० देखि ७० प्रतिशत बच्चाहरूमा अन्य रोगहरू पनि थिए ।

cura insider

सङ्क्रमण हल्का भएका बच्चाहरूलाई घरमा नै ठिक भइरहेका छन् । डा. गुलेरियाले भविष्यमा बच्चाहरूमा सङ्क्रमण अझ बढी गम्भीर भएको नदेखिने बताएका छन् । भारतमात्र नभई विश्वमा समेत बच्चाहरू बढी प्रभावित नहुने बताइएको छ । दोस्रो लहरको समयमा प्राप्त तथ्याङ्कले देखाएअनुसार हल्का बिरामी भएका बच्चाहरू मात्र सङ्क्रमित भएका थिए ।

साथै, अन्य गम्भीर रोग भएका बच्चामात्र सङ्क्रमणका कारण अस्पताल भर्ना हुनु आवश्यक थियो । सङ्क्रमणको नयाँ लहर आइसकेको विश्वका अन्य देशमा पनि बच्चाहरू गम्भीर रूपमा प्रभावित भएको देखिएको छैन । (बिबिसी)

jackson ribon

प्रतिक्रिया दिनुहोस्: