birat ribon

चलचित्रकर्मीकाे गुनासाे : राहतका नाममा सङ्घले आफ्नाे प्रचार गर्‍याे

Neuro
चलचित्रकर्मीकाे गुनासाे : राहतका नाममा सङ्घले आफ्नाे प्रचार गर्‍याे
  • सुमित कार्की/धरान

कोरोनाका कारण चलचित्र निर्माणका काम ठप्प हुँदा थुप्रै चलचित्रकर्मी आर्थिक समस्यामा परेका छ्न् ।

केही कलाकारहरु म्युजिक भिडियोकै भरमा आफ्नो जोहो गरिरहेका भए पनि केही प्राविधिक तथा अन्य फिल्मकर्मीहरुलाई भने एक छाक टार्न पनि मुस्किल परेको छ ।

cura insider

यस्तो अवस्थामा प्राविधिकहरुको पीडामा मल्हम लगाउन फिल्मकर्मीले सहयोग गर्न थालेका छन् । प्रदेश १ मा पनि चलचित्रकर्मी सङ्घले प्राविधिक तथा फिल्मकर्मीहरुलाई राहत स्वरुप केही खाद्यान्न सहयोग गरेकाे छ ।

तर राहत वितरणकाे विषय पनि यतिबेला विवादित बनेको छ । समस्यामा परेकाहरुलाई राहत वितरण गर्नु राम्रो कुरा भए पनि चलचित्रकर्मी सङ्घले सहयोगको नाममा आफ्नो प्रचार गर्न खोजेको फिल्मकर्मीहरूको गुनासो छ ।

राहत वितरण गर्ने क्रममा चलचित्रकर्मी सङ्घ, प्रदेश १ ले आफूहरुलाई राहत बाँडेको फोटो खिची सामाजिक सञ्जालमा हालेर आफ्नो प्रचार गर्न खोजेको फिल्मकर्मी सन्तोष सरकार बताउँछन् ।

‘राहत शब्द नै नबुझेर लेखिएका मन्दबुद्धिहरूको स्टाटसले मलाई साह्रै हँसाएको छ’, उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छ्न्, ‘गरिब, अप्ठेरोमा परेका जस्ता लेख्नेहरूले गरिबी नै उन्मूलन गरिदिएको र लकडाउनभरिकै सबै जिम्मा लिएर अप्ठेरोबाट उकासेको जस्तो लाग्यो । त्यस्तो औकात छ त ! गाह्राे स्थितिमा हलुँगो पार्नु नै राहत हो यति मात्र बुझिराख्नु ।’

प्रदेश १ मा चलचित्रकर्मी सङ्घ र चलचित्रकर्मी महासङ्घ गरी सिने क्षेत्रका दुई वटा ङ्सगठन छन् । चलचित्रकर्मी महासङ्घले पनि राहत वितरणका लागि ‘हाम्रो अभियान’ सुरु गरेकाे छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: