birat ribon

मुख्यमन्त्रीको राजीनामा माग्दै काङ्ग्रेस सचेतकले भने– जनतालाई बेवकुफ बनाउने काम नगर्नुस्

Neuro
मुख्यमन्त्रीको राजीनामा माग्दै काङ्ग्रेस सचेतकले भने–  जनतालाई बेवकुफ बनाउने काम नगर्नुस्

विराटनगर/ प्रदेश १ नेपाली काङ्ग्रेसका प्रमुख सचेतक केदार कार्कीले मुख्यमन्त्री शेरधन राईको राजीनामा माग गरेका छन् । बुधबार प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले मुख्यमन्त्रीकाे राजीनामा माग गरेका हुन् ।

‘जनताप्रति जिम्मेवार हुन सक्नुहुन्न भने, जनताको पेटमा चारो हाल्न सक्नु हुन्न भने मुख्यमन्त्रीज्यूले आफ्नै दलका अरु कसैलाई प्रस्ताव गर्नुहोस् । अलिक दिन फुर्सद हुनुहोस्, राजीनामा दिनुहोस्,’ उनले भने, ‘बहुमत छ, आफ्नै दलको अरु कसैलाई मुख्यमन्त्री बनाउनुहोस् । नभए दल सक्नु भो, नेकपा एमाले सक्नु भो, प्रदेशसभालाई बन्धक बनाउनु भयो, जनतालाई बेवकुफ बनाउने काम नगर्नुहोस्, प्रतिपक्षीलाई समेत मुछेर बेवकुफ नबनाउनुहोस् ।’

cura insider

उनले सांसदका अघि मुख्यमन्त्रीलाई झुट नबोल्न आग्रह गरे । ‘सक्नुहुन्न भने आफ्नै दलका अरुलाई बनाउँदा हुन्छ,’ उनले अघि भने, ‘म फेरि पनि भन्छु, होइन भने बाटो छोड्दिनुहोस् ।’

प्रदेशको नामाङ्कनको विषयमा मुख्यमन्त्री शेरधन राईले झुट बोलेको उनले बताए । महामारीमा काम गर्न नसकेको सरकारले जनतालाई बेवकुफ बनाइरहेको  उनकाे आराेप थियाे ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: