birat ribon

राजनीतिक विश्वविद्यालयको आवश्यकता

Neuro
राजनीतिक विश्वविद्यालयको आवश्यकता
डा. सुमन कर्माचार्य

राज्यको हरेक अवयवहरूको सञ्चालन राजनीतिमार्फत हुने गर्दछ । हरेक असल या खराब निर्णयहरूको जस या अपजसमा राजनीतिको नाम जोडिन्छ, त्यो सुनाम होस्, या कुनाम । नेपालको विगतको झण्डै २७ वर्षको प्रजातन्त्रको पुनस्र्थापनापछिको इतिहासमा प्रजातान्त्रिक संस्कार स्खलित हुँदै गएजस्तो भान हुन्छ । यसमा अघिको पञ्चायती संस्कृतिको आयात भएजस्तो भेटिन्छ । एक राजाको हुुकमको सट्टामा सयौँ राजाहरूको महत्वाकांक्षा जीवित हुन लागेजस्तो देखिन्छ ।

पहिलो स्थानीय तहको निर्वाचनमा अमुक बडाध्यक्षले ५० लाख खर्च गरे । अमुक मेयरले डेढ करोड खर्च गरे । विद्यार्थी युनियनको चुनावमा १० लाख खर्च भयो । विद्यालय व्यवस्थापन समितिको चुनावमा पाँच लाख खर्च भएछ भन्नेजस्ता बाक्लै कुराहरू सुनिन्छन् । के निर्वाचन आयोग तथा ती सम्बन्धित निकायमा यसबारे नियम र कानुन छैन ? भएका नियमकानुनहरू नागरिकले मान्नु पर्दैन ? यी यावत प्रश्नहरूमा कसले टाउको दुखाउने ?

cura insider

अङ्ग्रेजीको भनाइजस्तो ओपन सेक्रेट, पहिलो कुरा, मतको किनबेचको बजार छ । पैसा र खानपानमा मतको वारपार हुने गर्दछ । हामीले प्रजातन्त्रको लडाइँ लडेर ल्याएको मतदानको अधिकार के विवेक बेचेर किनबेच गर्नलाई हो ? दोस्रो, उम्मेदवारले उम्मेदवारी प्राप्त गर्न कि त शक्तिको कि त पैसाको सहारा लिनुपर्ने हुन्छ । अघिल्ला निर्वाचनमा यसका उदाहरण पाइए । व्यापार, व्यवसाय र ठेकेदारीबाट राजनीतिक शक्ति प्रयोग गरेर प्राप्त कालो धनलाई कतिपय बेला यसमा प्रयोग भएको पाइयो । के सहिदहरूको रगत अब पैसामा लिलामी भएकै हुन त ? तेस्रो, उम्मेदवार खास कि त आफैँ या आफ्नै मान्छे नभए पनि आफ्नो गुट विशेषको पर्नुपर्छ । यसमा त्याग र बलिदान, आदर्शप्रतिको निष्ठा र इमान्दारिताको खास मूल्य रहँदैन । चौथो, उम्मेदवारको क्षमता, समाज विकास गर्नसक्ने ल्याकतका आधारमा होइन, दाताहरूको स्वार्थमा प्रयोग भइरहन्छ या रहँदैनमा जाँचिन्छ । यी सब नेपालका हरेक टोलबस्तीमा चियागफका घनिभुत छलफल हुने विषयवस्तुहरु हुन् । तर विमर्श गरिनुपर्ने तहका सबै मौन । अनि यसबाट प्रश्न उब्जन्छ, नेपालको प्रजातान्त्रिक परिवर्तन र बलिदानीहरूले यही संस्कार र चरित्र खोजेको हो ?

वास्तवमा, राजनीतिकर्मीको पहिलो विश्वविद्यालय राजनीतिक दल नै मानिन्छ । तर राजनीतिक दलहरूबाट उचित आचरण, व्यवहार र पाठ सिक्न सकेनन् भने आउँदो पुस्ताले राजनीतिलाई सकारात्मक बाटो दिन सक्ने छैनन् ।

यो हाम्रो राजनीतिको समस्या हो । तर यसको समाधान पनि छ । हरेक समस्याले आफैँ समाधान लिएर आउँछ । मात्र समस्या देख्नेहरूले जाँगर लगाएर समाधान खोज्छन् या खोज्दैनन्, त्यसमा भर पर्दछ । इतिहासमा आफूले गरेका दुःख र बलिदान तथा आफूजस्तै सयौँ साथीहरूले पाएका सहादतहरूलाई राजनीतिको निर्णय गर्ने समयमा एकपटक निर्णयकर्ताहरूले सम्झिएमात्र भने पनि नेपालका हालका राजनीतिक समस्याहरूले केही हदसम्म निकास पाउने छ ।

हालसम्म नेपालको प्रजातन्त्र प्राप्तिको झण्डै ७६ वर्षको लामो लडाइका पहिला पङ्तिका नेताहरूको अवसान भइसकेको छ । जसले राणा शासनविरुद्ध लडेका थिए । अब दोस्रो पङ्तिका नेताहरू जो पञ्चायती निरकुंशताविरुद्धमा लडेका थिए, उनीहरूका हातमा राजनीतिक निर्णयका कार्यभार गएको छ ।

वास्तवमा, राजनीतिकर्मीको पहिलो विश्वविद्यालय राजनीतिक दल नै मानिन्छ । तर राजनीतिक दलहरूबाट उचित आचरण, व्यवहार र पाठ सिक्न सकेनन् भने आउँदो पुस्ताले राजनीतिलाई सकारात्मक बाटो दिन सक्ने छैनन् । दोस्रो पुस्तामा केही नैतिकता र निष्ठाको स्खलन देखिएको छ । यदि अब आउन लागेको तेस्रो पुस्तालाई दोस्रो पुस्ताले पहिलो पुस्ताको जस्तै आदर्श र निष्ठाका आधारमा राजनीतिक चरित्र देखाउन सकेनन् भने नेपालको प्रजातन्त्र सङ्कटमा पर्नेछ । लोकतान्त्रिक गणतन्त्रको नाम त रहला तर चीन र उत्तर कोरियाको जस्तो हुन बेर लाग्ने छैन ।

विद्यालयमा व्यक्तिगत नैतिक शिक्षाको साथसाथै समाज र जनताका लागि पनि योगदान गर्ने राजनीतिक शिक्षाको जरुरी छ । राजनीति, स्वयंसेवा र समाजसेवा हो भन्ने भावना जागृत गराउनु पर्दछ । केही पाउनभन्दा केही दिन, गुमाउन र त्यसबाट आनन्दित हुन राजनीति गरिन्छ भन्ने धारणा विकसित गराउनु पर्दछ ।

कक्षा ९ देखि जसरी भविष्यमा के बन्ने भनी अनुमानित विषयहरूको छनोट गरिन्छ, त्यसैगरी राजनीतिक शिक्षालाई पनि समावेश गर्नुपर्दछ । राजनीतिशास्त्र सिकाउनु भनेको राजनीतिक सिद्धान्तहरूको विवेचनामात्र होइन । देशको भूगोल, राजनीतिक, सामाजिक र धार्मिक इतिहास, जनसङ्ख्या, सामाजिक बनोट, भाषा, साहित्य, संस्कृति, कला आदिको अध्ययन र सही विवेचना गर्नसक्ने विद्यार्थीहरूको उत्पादन हो । व्यवस्थापकीय कुशलता, नेतृत्व क्षमता, भौतिक विषयहरूको वैज्ञानिक अध्ययन, अर्थशास्त्र, मानवशास्त्र, समाजशास्त्र, विश्व परिवेशको अध्ययन तथा यसबाट प्राप्त व्यावहारिक ज्ञान, सीप र आचरणले सही राजनीतिकर्मीहरू जन्माउन सकिन्छ । विद्यालय अध्ययन नगरेकाहरूलाई अनौपचारिक राजनीतिक शिक्षाको माध्यमबाट राजनीतिक ज्ञान र सीप विकास गराउन सकिन्छ । यसरी अध्ययनअध्यपान गराउने खुला राजनीतिक विश्वविद्यालयबाट विद्यार्थीलाई पेशा, देश र जनताको हितमा सकारात्मक आविष्कार गर्ने र नेतृत्व दिने वैज्ञानिकका रुपमा विकास गर्न सकिन्छ ।

विद्यार्थी युनियनका चुनावहरूलाई प्रजातान्त्रिक आचरण सिकाउने विश्वविद्यालयको पाठ्यक्रमका रूपमा विकसित गर्नुपर्दछ । राजनीतिक खुला विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन र राजनीतिकर्मीहरूको क्रियाकलापको स्थलगत अध्ययन गर्ने र सीप विकास गर्ने पुस्तकालयको रुपमा उपयोग गर्नु पर्दछ ।

विद्यार्थी युनियनका चुनावहरूलाई प्रजातान्त्रिक आचरण सिकाउने विश्वविद्यालयको पाठ्यक्रमका रूपमा विकसित गर्नुपर्दछ । राजनीतिक खुला विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई निर्वाचन र राजनीतिकर्मीहरूको क्रियाकलापको स्थलगत अध्ययन गर्ने र सीप विकास गर्ने पुस्तकालयको रुपमा उपयोग गर्नु पर्दछ ।

कम–से–कम स्थानीय र प्रान्तीय तहका पदाधिकारीमा राजनीतिक विद्यालयको बाह्रसम्म या स्नातकसम्म अध्ययन गरेका या अनौपचारिक शिक्षामार्फत यो बराबर ज्ञान र सीप हासिल गरेका विद्यार्थीले प्राथमिकता पाउनु पर्दछ । सङ्घीय सदन र सरकारका लागि कुनै पनि विषयमा स्नातकोत्तर हासिल गरी या राजनीतिक खुला विश्वविद्यालयको यससरहको शिक्षाप्राप्त व्यक्तिहरूले नेतृत्व गर्ने र हरेक विषयगत मन्त्रीहरू सो विषयका विशेषज्ञ र ज्ञाता भएमा नेपालको राजनीतिले नयाँ दिशा पाउने छ ।

तर विश्वविद्यालयको शिक्षाले नैतिकता र इमान्दारिता सिकाउँदैन । यो हरेक व्यक्तिको सोचाइ र भोगाइको स्तरले निर्धारण गर्दछ । सही विवेक दिने खुला विश्वविद्यालय आजको खाँचो हो । वास्तवमा हरेक मानिसका दिमाग नै पहिलो कुरा हो । यसले सकारात्मक सोच सिकायो भने समाज र जनताका लागि योगदान गर्न पनि सिकाउँछ । जसले देशको मियो रूपी राजनीतिलाई असल दाइँ गर्न अभिप्रेरित गर्ने छ र देशका हरेक पक्षहरु सङ्लिँदै जाने छ । [email protected]

jackson ribon

प्रतिक्रिया दिनुहोस्: