birat ribon

मजदुरलाई खाद्यान्न वितरण

Neuro
मजदुरलाई खाद्यान्न वितरण

विराटनगर / केएल दुगड समूहले विराटनगरस्थित बसपार्कमा कार्यरत दैनिक मजदुरलाई खाद्य सामग्री वितरण गरेको छ ।

कोरोना महामारीले गर्दा बसपार्कस्थित दैनिक ज्यालादारी गर्ने मजदुरलाई राहतस्वरुप दाल, चामल, तेल, नुनलगायत खाद्य सामाग्री वितरण गरिएको हो ।

cura insider

बसपार्क क्षेत्रका एक सय मजदुरलाई प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाको उपस्थितिमा राहत सामग्री वितरण गरिएको हो ।

दुगड समूहले कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा दैनिक चार सय जना बिरामी कुरुवालाई खाना खुवाउने कार्यक्रममा पनि दाल तथा चामल खाद्यान्न सहयोग गरेको छ । उक्त कार्यक्रम २०७८ असार मसान्तसम्म रहनेछ भने नेपालगन्जस्थित भेरी अस्पतालमा सञ्चालित सहुलियत भोजन कार्यक्रममा पनि दाल, चामल तथा पिठो सहयोग गरिरहेको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: