birat ribon

पतिको किरियामा बसेका बेला जलेर घाइते भएकी वृद्धाको मृत्यु

Neuro
पतिको किरियामा बसेका बेला जलेर घाइते भएकी वृद्धाको मृत्यु

विराटनगर / पतिको करियामा बसेका बेला आगोले जलेर घाइते भएकी पाँचथरकी एक वृद्धा महिलाको उपचारका क्रममा मृत्यु भएको छ ।

पति भगीरथ सापकोटाको किरियामा बसेका बेला ग्यास लिक भएर आगो लाग्दा जलेर फिदिम नगरपालिका–४ की ७२ वर्षीया वृद्धा चनमाया सापकोटा घाइते भएकी थिइन् । सोमबार रातिको घटनापछि उनलाई उपचारका लागि मेची अस्पताल भद्रपुरमा लगिएको थियो ।

cura insider

उनको उपचारकै क्रममा आज (बुधबार) बिहानका राति १ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । आगोले जलेर चनमायासहित छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटा पनि घाइते भएका थिए ।

घाइते छोराहरुको भने मेची अस्पतालमै उपचार भइरहेको छ । घरमै निधन भएका भगीरथको दाहसंस्कारपछि किरियामा बसेका बेला पानी तताउन ग्यास बाल्ने क्रममा आगो सल्किएर घटना भएको प्रहरीको भनाइ छ ।

जिल्ला अस्पताल पाँचथरमा उपचार हुन नसकेपछि तीनै जना घाइतेलाई थप उपचारका लागि मेची अस्पताल लगिएको थियो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: