birat ribon

बस र अटो ठोक्किएर भएको दुर्घटनामा १७ जनाको मृत्यु

Neuro
बस र अटो ठोक्किएर भएको दुर्घटनामा १७ जनाको मृत्यु

विराटनगर / भारतमा मङ्गलबारसाँझ बस र अटो ठोक्किएर भएको दुर्घटनामा परेर कम्तीमा १७ जनाको मृत्यु भएको छ ।

उत्तरप्रदेशको कानपुर–इलाहाबाद सडकखण्डअन्तर्गत कानपुरको सचेन्दी भन्ने ठाउँमा भएको दुर्घटनामा छ जना घाइते भएका छन् । दुर्घटना भएका बेला दुवै सवारी साधन तीव्र गतिमा गुडिरहेका थिए । अधिकाङ्शको मृत्यु दुर्घटनास्थलमै भएको थियो ।

cura insider

लखनउबाट नयाँदिल्ली जाँदै गरेको शताव्दी ट्राभल्सको बस र मजदुरहरु सवार अटो ठोक्किएको भारतीय प्रहरीले जनाएको छ । मृतक विस्कुट उद्योगका मजदुर रहेको बताइएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । मोदीले मृतकका परिवारलाई दुई लाख र घाइतेहरुलाई ५० हजार रुपैयाँको दरले राहत दिने घोषणा गरिसकेका छन् ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: