birat ribon

मोरङको केराबारीबाट हतियार र गोलीसहित एक जना पक्राउ

Neuro
मोरङको केराबारीबाट हतियार र गोलीसहित एक जना पक्राउ

विराटनगर / मोरङको केराबारीबाट हतियार र गोलीसहित प्रहरीले मङ्गलबारसाँझ एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बेलबारी नगरपालिका–२ का ४१ वर्षीय पदमकुमार लिम्बू रहेका छन् । विशेष सूचनाका आधारमा पिछा गर्दै गएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक (इन्सपेक्टर) सरोज खनाल नेतृत्वको टोलीले इलाका प्रहरी कार्यालय केराबारीको सहयोगमा पदमकुमारलाई नियन्त्रणमा लिएको हो ।

cura insider

उनले चलाएको को १ च ८३६८ नम्बरको कारभित्र एउटा कटुवा पेस्तोल र पाँच राउण्ड गोली फेला परेको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिए । उनका अनुसार केराबारी गाउँपालिका–९ कुसुमेमा रहेका आफन्त गणेशबहादुर लिम्बूको घरनजिक रोकेर राखेको कारभित्र पेस्तोल र गोली बरामद भएको हो ।

हतियार राखेर पदमकुमार लिम्बूले बेलबारीबाट केराबारी पुर्याएको कार ।

पदमकुमार कारभित्र पेस्तोल र गोली राखेर गणेशबहादुरको घरमा पुगेको खुलेको छ । प्रहरीले गणेशबहादुरसँग पनि सोधपुछ गरिरहेको छ । हतियार कुन प्रयोजनका लागि कहाँबाट ल्याइएको हो भन्ने विषयमा अनुसन्धान थालिएको एसपी खड्काले बताए ।

पक्राउ परेका लिम्बूविरुद्ध हातहतियार खरखजना ऐनअन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइने जानकारी उनले दिए ।

कारभित्र बरामद भएको पेस्तोल ।

कारभित्र हतियार राखेर हिँड्ने र सर्वसाधारणलाई धम्क्याउने गरेको सूचना आएपछि प्रहरीले उनको खोजी थाल्दै पिछा गरिरहेको थियो । विगतमा कुनै अपराधिक घटनामा उनको संलग्नता छ कि छैनभन्ने बारेमा यकिन गर्न थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: