birat ribon

ब्राजिलको सहज जित, विजयी यात्रा कायमै

Neuro
ब्राजिलको सहज जित, विजयी यात्रा कायमै

विराटनगर / सन् २०२२ मा कतारमा हुने विश्वकप छनोटअन्तर्गत ब्राजिलले पराग्वेमाथि २–० गोलको जित निकालेको छ । बुधबार बिहान पराग्वेको मैदानमा भएको खेलमा ब्राजिललाई जिताउन नेयमार र लुकास पाक्वेटाले एक–एक गोल गरे ।

नेयमारले खेलको चौथो मिनेटमा ग्राबियल जेससको पासमा गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । खेलको इन्ज्युरी समयमा पाक्वेटाले गोल गर्दै ब्राजिललाई २–० गोलको जित दिलाए । पाक्वेटाले नेयमारको पासमा गोल गरेका हुन् ।

cura insider

जितसँगै विश्वकपको छनोटमा ब्राजिलले आफ्नो विजयी यात्रा कायमै राखेको छ । विश्वकपको दक्षिण अमेरिकी छनोटतर्फ शीर्ष स्थानमा रहेको उसले ६ खेलमा १८ अङ्क जोडेको छ । पराग्वे भने सात अङ्कसहित छैटौँ स्थानमा छ ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: