birat ribon

कोरोनाका कारण प्रभावित बन्यो जनगणना, साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

Neuro
कोरोनाका कारण प्रभावित बन्यो जनगणना, साउनदेखि असोजसम्म गर्ने प्रस्ताव

विराटनगर / नेपालमा प्रत्येक १० वर्षमा गरिँदै आएको जनगणना पहिलो पटक कोरोना भाइरस सङ्क्रमणका कारण प्रभाविन बनेको छ ।

यसअघि २०६८ सालमा गरिएको जनगणना यस वर्षको मङ्गलबार अर्थात जेठ २५ गतेबाट सुरु हुनुपर्ने थियो । आगामी असार ८ गतेसम्म गर्ने भनेर समय तोकिएको जनगणना कोरोना महामारीका कारण सम्भव हुन सकेन ।

cura insider

विशेष परिस्थितिका कारण जनगणना रोकिएको इतिहासकै पहिलो भएको बताइएको छ । तथ्याङ्क विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले विश्वका पाँच दर्जनभन्दा बढी मुलुकमा हुनुपर्ने जनगणना कोरोनाका कारण स्थगित भएको जानकारी दिएका छन् ।

उनका अनुसार कोरोना महामारी अन्त्य भएर अवस्था सामान्य बन्यो भने साउन दोस्रो सातादेखि असोज दोस्रो साताबीचमा जनगणना सम्पन्न गर्ने गरी तयारी थालिएको छ । आगामी आर्थिक वर्षको बजेटबाट व्यवस्थापन गरेर काम अघि बढाउने तयारी भइरहेको उनको भनाइ छ ।

गणनाका लागि तालिम दिएका सुपरीवेक्षकहरुलाई पनि रिफ्रेसमेन्ट तालिम दिनुपर्ने अवस्था रहेको चौलागाईंको भनाइ छ । साउनदेखि आसोज दोस्रो साताबीचमा जनगणना गर्ने प्रस्ताव असार पहिलो साता मन्त्रिपरिषद्मा लैजाने तयारी रहेको पनि विभागले जनाएको छ ।

जनगणनाका लागि सातवटै प्रदेश र ७७ वटै जिल्लामा कार्यालय स्थापना गरेर आठ हजार सुपरीवेक्षक र ३९ हजार गणकसमेत छनोट यसअघि नै गरिसकिएको थियो । विभागले जिल्ला तथा स्थानीय तहमा हुने तालिमका लागि केन्द्र र प्रशिक्षण सामग्री समेत तयार पारेर जिल्लामा पठाइसकेको थियो ।

कोरोनाको फैलावट तीव्र बनेपछि तालिम लगायतका सबै कार्यक्रम नै रोकियो । नेपालमा विक्रम संवत १९६८ सालदेखि प्रत्येक १०–१० वर्षमा जनगणना हुँदै आएको थियो । अहिले गर्नुपर्ने जनगणना १२ औँ हो ।

jackson ribon

प्रतिक्रिया दिनुहोस्: